Techie IT
Hetauda Khabar

बाहुबली निर्देशकले महेश बाबुलाइ केही समय लुकाउने, नयाँ ‘लुक्स’ मा निकाल्ने


हैदाराबाद, ११ फागुन । आरआरआर र बाहुबली जस्ता फिल्म बनाएका निर्देशक एसएस राजामौलीले आफ्नो अर्को फिल्मको तयारी सुरु गरेका छन् ।

फिल्मको छायांकन भव्य रुपमा गरिने भएको छ, जसका लागि सेटदेखि कथासम्म सबै हिसाबले भव्य राखिने छ । त्यसपछि राजामौलीका फिल्महरू कथा देखि सेटसम्म बिल्कुलै फरक हुनेछन्।

उनका फिल्मका कलाकारहरुको लुक्स पनि बिल्कुलै फरक छ । अब उनी तेलुगु सुपरस्टार महेश बाबुसँग अर्को फिल्म बनाउन लागिरहेका छन् । तर आफ्नो फिल्मसँग सम्बन्धित कुनै पनि कुरा मिडियामा नआओस् भन्ने सुनिश्चितताका लागि उनले आफ्नो फिल्मका नायकमाथि प्रतिबन्ध लगाएको जनाइएको छ ।

यसरी राजामौलीको फिल्मलाई लिएर रोचक वातावरण बनिरहेको छ ।

हो, तपाईंले सहि सुन्नुभयो। भारतीय मिडियाका अनुसार आरआरआर र बाहुबली निर्देशक एसएस राजामौलीले महेश बाबुलाई दर्शक र मिडियाको नजरबाट टाढा रहन भनेका छन्। जसका कारण महेश बाबु दर्शक र मिडियाबाट अब केही समय टाढा रहने छन् ।

जसको कारण उनको नयाँ लुक नै रहेको बताइएको छ । फिल्ममा ‘गुन्टुर करम’ फेम अभिनेता महेश बाबु एकदमै फरक देखिने लगभग पक्का भएको छ । जसका कारण यो निर्णय गरिएको हो । यो लुकका लागि महेश बाबुले निकै मेहनत गरेको बताइएको छ । यसरी महेश बाबुका फ्यानले आफ्नो मनपर्ने कलाकारलाई केही दिन हेर्न पाउने छैनन् ।

महेश बाबुको बारेमा भनिएको छ कि उनलाई हलिउड ट्रेनर मार्फत नयाँ लुकको लागि तयार गरिदैँछ । जसका कारण एसएस राजामौलीको फिल्ममा महेशबाबु यस्तो क्यारेक्टर र लुक्समा देखिने छन्, जुन पहिले कहिल्यै कसैले देखेको थिएन । राजामौलीको यो फिल्म एडभेन्चर थ्रिलर रहेको बताइएको छ ।

यसको नामलाई लिएर पनि मिडियामा धेरै समाचार आइरहेका छन् । तर उनको अर्को फिल्मको बारेमा आधिकारिक रुपमा अहिलेसम्म मिडियालाई जानकारी दिइएको छैन ।

एसएस राजामौली एक निर्देशक हुन् जो लार्जर द लाइफ स्टोरीहरू भन्नका लागि परिचित छन्। चाहे त्यो उनको फिल्म बाहुबली होस् वा आरआरआर। यी फिल्मको लुक्स बिल्कुलै फरक थियो । कथाहरू सुनाउने शैली पनि दुर्लभ छ। बाहुबली फिल्मले प्रभासको करियरको अवस्था र दिशा बदलिदिएको थियो ।

प्रभासले आफ्नो करियरको पाँच वर्ष बाहुबलीका लागि दिएका थिए । यसबाट राजामौलीको निर्देशन र उनले कुन स्तरको काम गर्छन् भन्ने कुरा बुझ्न सकिन्छ । यति मात्र होइन, राजामौलीले यसअघि मक्की जस्ता फिल्म पनि बनाएका छन् । यस्तो अवस्थामा उनको नयाँ फिल्मबाट फ्यानहरुले ठूलो अपेक्षा गरेका छन् । अब हामी राजामौलीको बाकस खुल्ने पर्खाइमा छौं।


क्याटेगोरी : मनोरञ्जन

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट