Techie IT
Hetauda Khabar

घट्यो सुनको मुल्य,तोलामा कति पुग्यो ?


आज सुनको मुल्यमा गिरावट आएको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला सय रुपैयाँले घटेर एक लाख १९ हजारमा कारोबार भइरहेको छ ।

तेजावी सुन १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य एक लाख २ हजार २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १ हजार ५५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १३ सय २० रुपैयाँ तोकेको छ।


क्याटेगोरी : अर्थबाणिज्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट