Techie IT
  • ११ माघ २०८२, आईतबार
Hetauda Khabar
  • ११ माघ २०८२, आईतबार

मकवानपुरको बागमती गाउँपालिकामा पहिलो पटक एटिएम सेवा सञ्चालन


मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा पहिलो पटक एटिएम सेवा सञ्चालनमा आएको छ। सानिमा बैंकले आफ्नो १२८ औँ एटिएम शाखाका रूपमा बागमती गाउँपालिका–स्थित झुरझुरे शाखामा एटिएम सेवा सुरु गरेको हो।

ADVERTISEMENT

सानिमा बैंक झुरझुरे शाखाकी सुपरभाइजर अनुषा श्रेष्ठका अनुसार पूर्वी मकवानपुर तथा आसपासका गाउँका नागरिकहरूलाई पैसा झिक्न चेक साट्नुपर्ने र बजारसम्म पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले एटिएम सेवा सञ्चालन गरिएको हो।

ADVERTISEMENT

नयाँ एटिएम सेवाबाट मकवानपुरको बागमती गाउँपालिका मात्र नभई सिन्धुलीको हरिहरपुर गाउँपालिका, काभ्रेपलाञ्चोकको तालढुंगा, बकैया गाउँपालिका लगायतका क्षेत्रका नागरिकहरू समेत लाभान्वित हुने बैंकले जनाएको छ।

सानिमा बैंक झुरझुरे शाखामा पूर्वी मकवानपुरका मात्रै १२ हजार ३ सयभन्दा बढी ग्राहक रहेका छन्। बैंकका ग्राहकहरू मात्र नभई गाउँका सम्पूर्ण नागरिकलाई डिजिटल र सरल बैंकिङ सेवामा जोड्ने उद्देश्यले एटिएम सेवा विस्तार गरिएको बैंकले जनाएको छ।

ADVERTISEMENT

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालय तथा १२८ वटा एटीएम सञ्चालनमा छन् ।


प्रकाशित मिति : शुक्रबार, २०८२ माघ ९, ११ :२३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट