Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

इन्द्रसरोबर गाउँपालिकाको बोर्डमा राजाको नारा: पालिकाले भन्यो- ह्याक भयो भ्रममा नपरौँ


मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको कार्यालयमा रहेको डिजिटल बोर्डमा राजा आऊ देश बचाऊ लेखिएपछि पालिकाले विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

ADVERTISEMENT

आईतबार दिउँसो कार्यालयमा रहेको बोर्डमा राजा आऊ देश बचाऊ डिस्प्ले भएको थियो । बोर्डमा नारा लेखिएपछि वरिष्ठ शाखा अधिकृत धर्मानन्द पन्तले विज्ञप्ती जारी गर्दै कसैले अनधिकृतरुपमा बोर्ड ह्याक गरी गलत संदेश प्रवाह गरेको जनाएका छन् ।

ADVERTISEMENT

‘उक्त सन्देश यस कार्यालयबाट प्रसारण नगरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ, उक्त गैरकानूनी क्रियाकलाप गर्ने उपर आवश्यक अनुसन्धान गरी कानूनी
कारवाहीको माग गरिएको र उक्त सन्देशको भ्रममा नपर्नु हुन सम्बन्धित सबैमा अनुरोध छ’, विज्ञप्तीमा उल्लेख गरिएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८१ चैत्र १७, १६ :१४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट