Techie IT
  • १८ माघ २०८२, आईतबार
Hetauda Khabar
  • १८ माघ २०८२, आईतबार

संसद गतिरोध अन्त्यका लागि सभामुख छलफलमा


संसद गतिरोध अन्त्यका लागि सभामुख देवराज घिमिरेले छलफल तिब्र पारेका छन् ।

ADVERTISEMENT

सभामुख घिमिरेले बानेश्वरस्थित संघीय संसद भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि अझै निकास निस्कन सकेको छैन ।

ADVERTISEMENT

बिहिवार बिहान ११ः०० बजेका लागि तय गरिएको बैठक दिउँसो २ः०० बजे बस्ने भनिए पनि बैठक बस्न नसके पछि शुक्रबार बिहान ११ः०० बजेसम्मका लागि स्थगित भएको गरिएको थियो ।

प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर आज बिहान ११ः०० सम्म स्थगित गरिएको हो ।  सो निर्धारित समयमा पनि बैठक सुरू हुन नसके पछि आज बिहान ११:०० बजेका लागि बोलाईएको हो।

ADVERTISEMENT

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोध भए पछि बैठक बुधवार अबरोध हुदैँ आएको बैठक अझै सुचारू हुन नसकिरहेको  बेला आजका लागि बोलाइएको थियो ।

बैठक नियमित प्रक्रिया अनुसार अघि बढाउन सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकसँग बिहिवार देखि निरन्तर छलफल गरे पनि हल निस्कन नसक्दा बैठक बिगत ४ दिन देखी अझै सञ्चालन हुन सकेको छैन् ।

प्रतिपक्षी दलले घिसिङलाइ हटाउने निर्णयका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिनु पर्ने माग गरिरहेका छन तर प्रधानमन्त्री ओलीले भने एक जना कर्मचारी हटाउने सरकारको निर्णयमा संसदमा जवाफ माग्ने कार्य अनुचित भएको बताएका छन् । उनले आफुले घिसिङ हटाउने बिषयमा संसदमा जवाफ नदिने बुधवार बताए पछि सत्ता पक्ष र प्रतिपक्ष बिच टक्कर जारी रहेको छ ।

तर, प्रतिपक्षको अडान भने प्रधानमन्त्री ओलीले संसदमा गएर जवाफ दिनु पर्ने कायमै रहेको छ ।


प्रकाशित मिति : आइतवार, २०८१ चैत्र १७, ११ :३३ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट