लालबहादुर भन्दा इन्द्रबहादुर १३ सय ५७ मतले अगाडि
मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ मा गठबन्धनको तर्फका उम्मेदवार नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।
१२ हजार १२८ मतगणनाहुँदा बानियाँले ६२५६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लालबहादुर थापाले ४८९९ मत प्राप्त गरेका छन् । बानियाँ १ हजार ३५७ मतले अगाडि रहेका छन् ।
प्रकाशित मिति : मङ्लबार, २०७९ मंसिर ६, १२ :०१ बजे





















प्रतिक्रिया