Techie IT
  • २८ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • २८ फागुन २०८२, बिहीबार

हेटौंडाको ‘प्रकाश फार्मेसी’ औषधि पसल भित्रै विरामीको उपचार, न अनुगमन,न कारबाही


हेटौडामा रहेको प्रकाश फार्मेसीले कानुन विपरीत मनलाग्दी बिरामीको उपचार गर्ने गरेको पाइएको छ।

ADVERTISEMENT

हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ सानोपोखरामा रहेको प्रकाश फार्मेसीमा औषधि पसलले नै बिरामीको चेकजाँच गर्ने गरेको भेटिएको हो। सञ्चालन अनुमति फार्मेसीको लिई औषधि पसल पछाडिपट्टि बेड नै राखेर बिरामीको उपचार गर्ने गरेको पाइएको हो। बिरामीको उपचार गर्नका लागि सम्बन्धित निकायमा क्लिनिक तथा अस्पताल सञ्चालन अनुमति लिनुपर्ने हुन्छ।

ADVERTISEMENT

तर यस फार्मेसीमा जुन कुनै बिरामीका लागि औषधि पसलबाटै बिरामीको उपचार गर्ने गरिएको छ, जुन कानुन विपरीत हो ।  क्लिनिक सञ्चालनका लागि हेटौडा उपमहानगरपालिकाले स्वीकृति दिनुपर्दछ,भने पोलिक्लिनिक दर्ताका लागि जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता हुनुपर्दछ। त्यस्तै १५ बेडसम्मको अस्पतालका लागि हेटौडा उपमहानगरपालिकाबाट सैया सहितको सञ्चालन अनुमति लिएको हुनुपर्दछ तर प्रकाश फार्मेसीमा भने बिना दर्ता औषधि पसलबाटै बिरामीको चेकजाँच गरिएको पाइएको छ ।

औषधि बेच्ने पसलमा बिरामीको चेकजाँच गर्दै यस फार्मेसीले गैरकानुनी काम गरेको छ नै बिरामीको स्वास्थ्यमाथि समेत गम्भीर खेलबाड गरेको छ। जुनसुकै रोगका बिरामीका लागि यस फार्मेसीले प्रकाश फार्मेसीकै बिरामी जाँचपुर्जा बनाई बिरामीको उपचार गर्ने गरेको छ । औषधि पसलमा औषधि बिक्री वितरण मात्र गर्न पाइने कानुनी प्रावधान रहेको छ। तर यस फार्मेसीले बेड नै राखेर विशेषज्ञ सेवा भन्दै बिरामीको उपचार गराउने गरेको छ। बिरामीको उपचारका लागि स्वीकृति पनि लिएको छैन।

ADVERTISEMENT

स्वास्थ्य जस्तो संवेदनशील विषयमा प्रकाश फार्मेसीले लापरवाही गर्ने गरेको छ। विशेषज्ञ चिकित्सक अनकलमा राखिएको र बिरामीको चेकजाँच गर्ने गरेको फार्मेसी सञ्चालकले स्वीकारेका छन्। तर उनले फार्मेसीले नभई प्रकाश क्लिनिकले बिरामीको चेकजाँच गर्ने गरेको बताए। उनले क्लिनिक बताए पनि प्रकाश फार्मेसीकै लेटर प्याड प्रयोग गरी बिरामीको चेकजाँच गरिएको भेटिएको छ भने औषधि समेत सिफारिस गरिएको पाइएको छ। बिरामीको जाँचपुर्जा समेत प्रकाश फार्मेसीकै काट्ने गरिएको छ ।

हेटौडाका अधिकांश औषधि पसलहरूमा बिरामीको चेकजाँच गर्ने गरिन्छ। सञ्चालन अनुमति औषधि बिक्री वितरणको मात्र लिएको औषधि पसलमा अस्पतालमा जस्तो बेड नै राखेर सम्पूर्ण रोगको उपचार गरिने भन्दै फार्मेसीले बिरामीको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्ने गरेका छन्। तर यसतर्फ सम्बन्धित कुनै पनि निकायले अनुगमन गरेको छैन भने कारबाहीको दायरामा ल्याउन सकेको छैन।


प्रकाशित मिति : बुधबार, २०८१ माघ ९, १८ :३२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट