Techie IT
  • १५ चैत्र २०८२, आईतबार
Hetauda Khabar
  • १५ चैत्र २०८२, आईतबार

मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक महिला घाइते


मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक महिला घाइते भएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

बुधबार बिहान मनहरी गाउँपालिका ६ लोथर खोला नजिक रहेको लामेदमार मध्यबर्ती सामुदायिक बनमा घास काटन तथा गोबर टिप्न गएकी महिलालाई गैंडाले आक्रमण गरेको हो ।

ADVERTISEMENT

चितवन राप्ती नगरपालिका १ दुबिचौर घर भएकी अन्दाजी बर्ष ७० की दिलमायाँ स्याङतानलाई गैडाले आक्रमण गरेको र स्थानियहरुले हो हल्ला गरेपछि गैडा जंगल तर्फ भागेको प्रहरीले जनाएको छ ।

घाईते महिलाको हात,शरिर र निधारमा चोट लागेको र उनलाई उपचारको लागी चितवन पठाएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८१ पुस १७, १० :१७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट