Techie IT
  • १५ चैत्र २०८२, आईतबार
Hetauda Khabar
  • १५ चैत्र २०८२, आईतबार

हेटौंडामा सेनाद्वारा ५ राउण्ड हवाई फायर, एकजना पक्राऊ


हेटौंडामा नेपाली सेनाले हवाई फायर गरी एकजनालाई पक्राउ गरेको छ ।

ADVERTISEMENT

बिहिबार हेटौंडामा अचानक ५ राउण्ड हवाफायर गरेको थियो । गैँडाको खाग तस्करीमा संलग्नलाई पक्राउ गर्न चितवन राष्ट्रिय निकुञ्जको नेपाली सेनाको टोलीले हवाई फायर गरेको हो ।

ADVERTISEMENT

खाग तस्करको टोली हेटौंडामा रहेको विशेष सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सेनाले हेटौंडा- ५ गर्दैइ क्षेत्रमा ५ राउन्ड हवाई फायर गरेको थियो । टोलिले एकजनालाई पक्राउ गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

तस्कर कहाँका हुन् र को हुन् भन्ने नखुलाई टोलीले पक्राउ गरी चितवन राष्ट्रिय निकुन्ज लिएर गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८१ पुस ११, १६ :१२ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट