Techie IT
  • १५ चैत्र २०८२, आईतबार
Hetauda Khabar
  • १५ चैत्र २०८२, आईतबार

हेटौंडामा ५ जना बालश्रमिकको उद्दार


हेटौंडा उपमहानगरपालिकाले ५ जना बालश्रमिकको उद्दार गरेको छ ।

ADVERTISEMENT

बुधबार हेटौंडाका विभिन्न ठाउँमा अनुगमन गरी बालश्रममा रहेका ५ जना बालकहरुलाई उद्दार गरेको हो । उनीहरुको नगर बाल अधिकार समिति अन्तर्गतको बालश्रमिक उद्धार तथा पुनर्स्थापना उपसमितिद्वारा उद्दार गरिएको हो ।

ADVERTISEMENT

होटल, खाजा घर, वर्कशपलगायत विभिन्न ११ ठाउँमा अनुगमन गरिएकोमा आर एण्ड आर ट्रेडर्स, न्यु आशिका मेकानिकल वर्कसप, विश्वकर्मा वर्कसप र न्यु विश्वकर्मा मोटर वर्कसपमा बालश्रमिक भेटिएपछी उनीहरुको उद्दार गरिएको हो ।

गण्डक सानो बहुआरी, बिरगन्ज घर भई ग्यारेजमा बिना तलव कार्यरत १३ वर्षिय रियाज अन्सारी मोतिहारी, भारत घर भई वर्कसपमा विना तलव कार्यरत १५ वर्षिय रुपेश कुमार, जगनाथपुर, पर्सा घर भई वर्कसपमा बिना तलव कार्यरत १५ वर्षिय आयुव मिया, कुवाडी, बहुदरमाई, पर्सा घर भई वर्कसपमा बिना तलव कार्यरत १४ वर्षिय आरी फहवारी, पर्वीचम्पारण र बिहार घर भई वर्कसपमा बिना तलव कार्यरत १५ वर्षिय कमोद कुमार प्रजापतीको उद्धार गरिएको हो ।

ADVERTISEMENT

उद्धार गरिएका बालकहरुलाई सिबिन बाल हेल्पलाईनमा राखी श्रम तथा रोजगार कार्यालय मार्फत जरिवाना गराई पारिवारिक पुनर्स्थापना गराईने बताइएको छ ।

अनुगमनमा अनुगमन समिति संयोजक २ नं वडा सदस्य एवम् नगर बाल अधिकार समिति सदस्य सुरज बर्तौला, श्रम तथा रोजगार कार्यालय प्रमुख रुद्र नारायण शाह र अनित रसाईली, जिल्ला प्रशासन कार्यालयका दिपक पौडेल, जिल्ला प्रहरी कार्यालयकी लालमाया बाईवा, सिबिन बाल हेल्पलाईनका प्रबन्धक झविन्द्र ज्ञवाली, समाजसेबी ललिता ठिके र बालमैत्री नगर सहजकर्ता सपना ढुङ्गाना, समाजिक समावेशिकरण शाखा प्रमुख मन्दिरा थापा र नगर प्रहरीहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति : बिहिबार, २०८१ पुस ४, ११ :५९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट