Techie IT
  • ७ फागुन २०८२, बिहीबार
Hetauda Khabar
  • ७ फागुन २०८२, बिहीबार

हेटौंडाकी मेयरको चेतावनी- ‘शिवम् सिमेन्ट उद्योग नसुध्रिए बन्द गर्न समय लाग्दैन’


हेटौंडा–१६ स्थित शिवम् सिमेन्ट उद्योगले गर्दै आएको गम्भीर लापरबाहीको विषयमा बिहिबार हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा सर्वपक्षिय बैठक भएको छ ।

ADVERTISEMENT

उद्योगले सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लास्टिक जन्य फोहोर प्रयोग गर्ने गरेको रहस्य बाहिर आएपछि मेयर मिना कुमारी लामाले लापरबाही सुधार गर्न उद्योगलाई सात दिने अल्टिमेटम दिएकी छन् । उनले अब पनि उद्योगले लापरबाही गरिरहे उद्योग नै संचालन गर्न नदिने चेतावनी दिइन् ।

ADVERTISEMENT

उद्योगले फोहोर जलाउदा बस्तीभरी प्रदुषण भएपछी स्थानीयले उद्योग चल्न नदिने भन्दै आन्दोलनमा उत्रिएपछी आज उपमहानगरपालिकाको कार्यालयमा बैठक बसेको थियो । बैठकमा शिवम् सिमेन्ट उद्योगबाट पिडित बनेका स्थानीय आक्रोशित बनेका थिए । उद्योगले कोइलाको साटो डम्पिङ गरिएको फोहोर र प्लास्टिक जलाउने गरेको थाहाभएपछी उद्योगलाई चेतावनी दिइएको छ ।

‘मेरो नगरको जनताको स्वास्थ्यमा खेलवाड गर्न पाइदैन, विद्यार्थिलाई समस्या छ, स्थानीय पिडामा छन् मेरो नगरका जनताको स्वास्थ्य बिग्रिन्छ भने उद्योग बन्द भएर फरक पर्दैन, मलाई मतलब छैन’, मेयर लामाले बैठकमा भनिन् । उनले उद्योग व्यवस्थित संग नचलाए आफुलाई उद्योग बन्द गर्न धेरै समय नलाग्ने भन्दै चेतावनी दिएकी छन् ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८१ बैशाख १३, २२ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट