Techie IT
  • २ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • २ फागुन २०८२, शनिबार

शिवम् सिमेन्ट उद्योगको मनपरी, प्लास्टिकजन्य फोहोर बालेर बस्तीभरी प्रदुषण


हेटौंडा उपमहानगरपालिका  १६ स्थित शिवम् सिमेन्ट उद्योगले मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरी प्लास्टिक जन्य फोहोर जलाउने गरेको पाइएको छ  ।

ADVERTISEMENT

उद्योगले सिमेन्ट उत्पादनका लागि क्लिङ्कर तयार गर्न आगो बाल्ने भट्टीमा कोइलाको सट्टा प्लाष्टिक तथा फोहोर प्रयोग गर्ने गरेको खुलेको हो । जसका कारण स्थानीयबासी वातावरण प्रदुषणको सिकार बनेका छन् ।

ADVERTISEMENT

उद्योगले हेटौंडा उपमहानगरपालिकाको १० स्थित डम्पिङ साइटबाट प्लास्टिक जन्य फोहोर ल्याई उद्योगको आगो बाल्ने भट्टीमा कोइलाको सट्टामा प्रयोग गर्ने गरेको पाईएको हो  ।

प्लास्टिक जलाउँदा वातावरण प्रदुषण हुने र मानव स्वास्थ्यमा गम्भीर असर पर्ने गर्छ । तर उद्योगले फोहोर बस्तु उठाएर उद्योगमा प्रयोग गर्ने गरेको छ जसका कारण अत्याधिक प्रदुषणले स्थानीय समस्यामा परेका छन् ।

ADVERTISEMENT

प्लास्टिक जन्य ९५ प्रतिशत वस्तुहरुमा ईष्टर–थ्यालेट, बिसो फिनोल “ए”, फिनोल “एस”, जिनोईस्ट्रोजेनहरु, शिसा र एण्टिमनि जस्ता तत्वहरू मिसाइएको हुन्छ । त्यसकारण प्लाष्टिक जलाउँदा मानव स्वास्थ्यमा असर पर्ने जानकारहरु बताउँछन् ।

तर उद्योगले पहुँचका आधारमा प्रदुषण फैलाउने गरेको र आफुहरु विभिन्न रोगबाट ग्रसित बनाएको स्थानीयको गुनासो छ ।

उद्योगले गएराति एक दर्जनभन्दा बढी ट्रकमा फोहोर संकलन गरी उद्योगतर्फ लैजाँदै गर्दा स्थानीयले बाटोमै रोकेका थिए  ।

आज विहानैबाट स्थानीयबासी र हेटौंडा १६ का वडाध्यक्ष रामकृष्ण कोइराला र १७ का वडाध्यक्ष उद्धव सत्याललगायतका जनप्रतिनिधिसमेतको उपस्थितिमा उद्योगको लापरबाहीविरुद्ध उत्रिएपछी  बिहिबार दिउसो हेटौंडा उपमहानगरपालिकामा सर्वपक्षिय बैठक समेत बसेको थियो ।


प्रकाशित मिति : बिहिबार, २०८१ बैशाख १३, २१ :२९ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट