Techie IT
  • ११ वैशाख २०८३, शुक्रबार
Hetauda Khabar
  • ११ वैशाख २०८३, शुक्रबार

मोरङको बुढीगंगामा लहरी पल्टिँदा तीनजना बालबालिकाको मृत्यु


विराटनगर, ११ फागुन । मोरङको बुढीगंगा गाउँपालिका-४ प्रगती टोलमा लहरी गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ।

ADVERTISEMENT

मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन्।

ADVERTISEMENT

आरजे २९जिबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी शुक्रबार बिहान दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए।

ज्योति अधिकारीका छोरा र छोरी जुम्ल्याहा रहेको उनले बताए। लहरी पल्टिँदा तीन जना बालाबलिकाको घटनास्थलमै मृत्यु भएको दाहालले बताए।बिहान ७ बजे उद्योगतर्फ जाँदै गरेको लहरी दुर्घटना भएको थियो। उक्त लहरी ज्योतिको घरमा पल्टिएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

घटनास्थलमा क्रेनको सहयोगबाट शव निकाल्ने प्रयास भइरहेको छ। दुर्घटनामा ज्योति अधिकारी गम्भीर घाइते भएकी छिन्।


प्रकाशित मिति : शुक्रबार, २०८० फाल्गुन ११, १५ :२० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट