Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

जब ससुराको शुक्रकिटबाट बुहारीले सन्तान जन्माइन, बेलायतमा सुरू भयो नयाँ बहस


लन्डन, ५ फागुन । इंग्ल्यान्डका एक पुरुषले आइभिएफ खर्च गर्न नसक्ने भएपछि आफ्नी श्रीमतीलाई गर्भवती बनाउन मद्दत गर्न आफ्नै बुबाको शुक्रकीट मिसाएका छन ।

ADVERTISEMENT

 

ADVERTISEMENT

ससुराकाे शुक्रकिटबाट बुहारीले सन्तान जन्माए पछि बेलायतमा हंगामा भएकाे छ । हंगामा समुहले छाेराकाे डिएनए परिक्षण गर्नु पर्ने भन्दै परिवारलाइ दबाब बढाएका छन ।

 

ADVERTISEMENT

कानुनी कारणहरूका लागि व्यक्तिको नाम दिइएको छैन तर अदालतका कागजातहरूमा पीक्यूको रूपमा मात्र पहिचान गरिएको छ ।

 

गार्जियनका अनुसार  पीक्यू र उनकी श्रीमती जेकेलाई गर्भावस्थासँग सम्बन्धित समस्या थियो। त्यसैले उनी आफ्नो बुबा (ससुरा) को शुक्रकीटमा मिसाउन राजी भए, त्यसपछि महिलामा सुई लगाइयो। न्यायाधीशलाई यस बारे जानकारी दिइएको थियाे र यसलाई सधैं गोप्य राख्ने उद्देश्य राखिएको थियो।

 

जसका कारण गर्भावस्था पछि महिलाले छोरालाई जन्म दिइन्, जो अहिले पाँच वर्षको छ। अदालतका कागजातको रुपमा त्यो छोराका नाम डी हो।

 

तर, स्थानीय परिषद्लाई गर्भावस्थाको अवस्थाको बारेमा जानकारी गराए लगत्तै सो बच्चाको आमाबाबुलाई पत्ता लगाउन कानुनी प्रक्रिया सुरु भएको छ, जुन निकै समस्या पर्न गएको छ ।

 

स्थानीय काउन्सिलले उच्च अदालत पुगेर डिएनए परीक्षण गर्न निर्देशन दिन माग गरेको छ कि डीका पिता को हुन् ? भनेर पत्ता लगाउनु पर्ने भएको छ, जसले गर्दा बेलायतमा नयाँ बहस सुरू भएको छ ।

 

तर, काउन्सिललाई यस विषयमा हस्तक्षेप गर्ने अधिकार नभएको भन्दै न्यायाधीशले बिहीबार निवेदन खारेज गरेका छन् ।

 

डी ले आफ्नो जैविक पिता को हो ? भनेर जान्न चाहन सक्छ, याे पछिकाे कुरा हाे तर स्थानिय काउन्सिललाई जबर्जस्ती गरे पछि अदालतले त्यसो गर्ने अधिकार भने स्थानियलाइ दिइएको छैन। ‘बच्चाको जन्मको सही अभिलेख जान्न सार्वजनिक चासो कायम राख्ने इच्छा यस्तो निवेदनमा व्यक्तिगत चासो भन्दा बढी हुन्छ, तर याे बाध्यकारी छैन,’ न्यायाधीशले भने।

 

उनले आफ्नो आदेशमा भनेका छन कि बाबुको पहिचानको निर्णय परिवारको हातमा छ, बच्चाको वास्तविक बाबु को हो भन्ने कुरा बताउन डीएनए परीक्षण गराउने कि  नगराउने ? उनीहरूकाे पारिवारिक मामिला हाे  तर, स्थानिय अधिकारीले खाेजे झै यो बाध्यात्मक भने छैन ।’
तर, ससुराकाे शुक्रकिटबाट सन्तान जन्माएकाे बिषयमा बेलायतमा नयाँ चासाे र बहस भने सुरू भएकाे छ ।

 


प्रकाशित मिति : शनिबार, २०८० फाल्गुन ५, ०९ :३७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट