Techie IT
  • १८ वैशाख २०८३, शुक्रबार
Hetauda Khabar
  • १८ वैशाख २०८३, शुक्रबार

काठमाडौं महानगरबाट ठेला खोसिएकी महिलालाई एक महिनाको तलब दिने हर्क साम्पाङको घोषणा


काठमाडौं महानगरपालिकाले ठेलागाडा खोसेपछि अलपत्र परेकी शर्मिला तामाङलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले एक महिनाको तलब दिने घोषणा गरेका छन् ।

ADVERTISEMENT

मेयर बालेन शाहको आदेशमा नगर प्रहरी प्रमुख राजु पाण्डेले थापाथलीबाट शर्मिलाको ठेलागाडाका सामान फाल्नुका साथै गाडा लिएर गएका थिए ।

ADVERTISEMENT

शर्मिलाले गाडा समातेर रोइरहेको फोटो र भिडिओ भाइरल भइरहेको बेला हर्कले फेसबुकमा फोटो शेयर गर्दै भनेका छन्- यी बैनी को हुन् रु यिन्लाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु, जय मान्छे ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०७९ अशोज २८, २० :४६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट