Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

भीमफेदीमा आगोले जलेर गम्भीर घाइते महिलाको मृत्यु


हेटौंडा,२५ माघ । मकवानपुरको भीमफेदीमा आगोमा जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

ADVERTISEMENT

गत माघ १९ गते आफ्नै घरमा आगो ताप्ने क्रममा साडीबाट शरीरमा आगो लाग्दा घाइते भएकी भीमफेदी–६ तारगाउँकी स्थानीय ४५ वर्षीय पार्वती रम्तेलको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

आगोले जलेर गम्भीर घाइते भएकी रम्तेलको हेटौंडा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कीर्तिपुर पठाइएको थियो ।

उनको उपचारको क्रममा बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : बिहिबार, २०८० माघ २५, २१ :११ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट