Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

क्यानडाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै, मकवानपुरका रिजनको डेभ्यु


हेटौंडा, २५ माघ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेल्दै छ ।

ADVERTISEMENT

यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने भएको छ । नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका हुन् । योसँगै यस खेलमा क्यानाडाले पहिला बलिङ गर्ने भएको छ ।

ADVERTISEMENT

आजको खेलमा नेपालका लागि रिजन ढकाल र सूर्य तामाङले एकदिवसीय डेब्यु गर्ने भएका छन् । त्यस्तै पवन सर्राफले एकदिवसीय टिममा पुनरागमन गर्दै प्लेइङ-११ मा रहेका छन् ।

नेपालको प्लेइङ- ११: रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, ललित राजवंशी र सोमपाल कामी ।

ADVERTISEMENT

क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पहिलो खेल हुने छ भने १० फेब्रुअरी अर्थात माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात माघ २९ गते तेस्रो खेल हुने क्यानले जनाएको छ ।


प्रकाशित मिति : बिहिबार, २०८० माघ २५, ११ :५१ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट