Techie IT
  • १९ वैशाख २०८३, शनिबार
Hetauda Khabar
  • १९ वैशाख २०८३, शनिबार

आज बढ्यो सुनसँगै चाँदीको मूल्य, कति पुग्यो तोलामा?


साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्यसैगै चाँदीको मूल्य पनि बढेको छ।

ADVERTISEMENT

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला ३०० रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला ६०० रूपैयाँ बढेको हो।

ADVERTISEMENT

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँमा कारोबार भएको थियो।

ADVERTISEMENT

त्यसैगरी, शुक्रबार प्रतितोला १४ सय रूपैयाँमा कारोबार भएको चाँदी आइतबार १४ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।


प्रकाशित मिति : आइतवार, २०८० पुस २९, १२ :३६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट