Techie IT
  • १० फागुन २०८२, आईतबार
Hetauda Khabar
  • १० फागुन २०८२, आईतबार

प्रदेशसभा तथा प्रतिनिधिसभा तर्फको मतपत्र छपाई सुरु


आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपत्र छपाइको काम सुरु भएको छ ।

ADVERTISEMENT

भक्तपुरको सानोठिमी स्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा नेपाली सेनाको सुरक्षा घेराका बीच मतपत्र छपाई सुरु गरिएको हो । आगामी निर्वाचनका लागि ५०३ प्रकारको मतपत्र छपाई भइरहेको आयोगका सहप्रवक्ता ऋषिराम भुसालले रातोपाटीलाई जानकारी दिए ।

ADVERTISEMENT

निर्वाचन क्षेत्रगत रुपमा छपाई गर्नुपर्ने भएकोले मतपत्रको प्रकार बढेको हो ।  प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४९५ प्रकारको मतपत्र, प्रदेश सभातर्फ फरक–फरक ७ प्रकारको मतपत्र छपाई भइरहेको छ । यस्तै समानुपातिक तर्फ ८ प्रकारको मतपत्र छपाई गरिएको उनले बताए ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०७९ अशोज २८, २० :३४ बजे
ट्याग : #आमनिर्वाचन, #चुनाव

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट