Techie IT
  • ९ फागुन २०८२, शनिबार
Hetauda Khabar
  • ९ फागुन २०८२, शनिबार

नेप्सेमा गिरावट कायमै, बुधबार मात्रै १७ अङ्कले घट्यो


साताको पहिलो कारोबार आइतबार २१.०३ अङ्कले घटेको नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन बुधबार पनि घट्ने क्रम रोकिएन्।

ADVERTISEMENT

बुधबार सेयर बजार मापन गर्ने नेप्से परिसूचक १७.२३ अङ्कले घटेर २०७०.८४ विन्दुमा झरेको छ। बुधबार १५९ कम्पनीको सेयर घट्यो भने ८३ कम्पनीको सेयर बढ्यो। ५ कम्पनीको सेयर स्थिर रह्यो। बुधबार एक करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६ सय ११ रुपैयाँको सेयर कारोबार भयो।

ADVERTISEMENT

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्सेका तीन वटा सूचकमध्ये दुई सूचक घट्यो भने एक सूचक बढ्यो। सेन्सेटिभ सूचक ४.२५ अङ्कले घट्यो भने फ्लोट सूचक पनि ०.४३ अङ्कले घट्यो। सेन्सेटिभ फ्लोट सूचक भने ०.३२ अङ्कले बढ्यो। नेप्सेका १३ उपसूचकमध्ये बिहीबार ११ उपसूचक घट्यो भने दुई उपसूचक मात्रै बढ्यो। सबैभन्दा धेरै घट्ने उपसूचकमा जीवनबीमातर्फ रह्यो।

सो उपसूचक १२६.४९ अङ्कले घट्यो। त्यसैगरी उत्पादन तथा प्रशोधनतर्फको उपसूचक पनि ११०.५९ अङ्कले घट्यो। त्यसैगरी होटल तथा पर्यटनतर्फको उपसूचक पनि ८८.८८ अङ्कले घट्यो। बुधबार बढ्ने उपसूचकमा निर्जीवनबीमा कम्पनी रह्यो। सो कम्पनीको उपसूचक १३१.०३ अङ्कले बढ्यो।

ADVERTISEMENT

त्यसैगरी म्युचुअल फन्डतर्फको उपसूचक पनि ०.१० अङ्कले बढेको छ। बुधबार १० प्रतिशतले चार कम्पनीको सेयर बढेको छ। जसमा नेपाल इन्सुरेन्स कम्पनी, इन्फिनिट्रि लघुवित्त कम्पनी, मनकामना इन्जिनियरिङ हाइड्रोपावर कम्पनी र चिरख्वा हाइड्रोपावर कम्पनी रह्यो। बुधबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा बिपिडब्लु लघुवित्त कम्पनी रह्यो। सो कम्पनीको सेयर १० प्रतिशतले घटेको छ। त्यसैगरी हिमालयन हाइड्रोपावर कम्पनीको सेयर ९.९९ प्रतिशत र सूर्यज्योत्ति लाइफ इन्सुरेन्स कम्पनीको सेयर पनि ९.८२ प्रतिशतले घटेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से २१.०३ अङ्कले घटेर २०८८.०७ विन्दुमा झरेका थियो। १६१ कम्पनीको सेयर घट्यो भने ७९ कम्पनीको सेयर बढ्यो। ६ कम्पनीको सेयर स्थिर रहयो।

आइतबार एक करोड ८५ लाख ८९ हजार तीन सय ७९ कित्ता सेयर किनबेच हुँदा सात अर्ब ११ करोड १७ लाख ३३ हजार आठ सय २९ रुपैयाँको सेयर कारोबार भएको छ।


प्रकाशित मिति : बुधबार, २०८० पुस ११, १६ :५४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट