मकवानपुरे सर्जक उत्सव चौलागाईंको ‘हासेकै छैन’

हेटौंडा खबर
१२ पुष २०७७, आईतवार १६:५४

मकवानपुरे सर्जक उत्सव चौलागाईंको ‘हासेकै छैन’ गजल गीतको म्युजिक भिडियो यहि पुस १५ गते सार्वजनिक हुने भएको छ ।

प्रबीण भेडवालले आवाजमा रहेको गितमा विकास पाण्डेले संगीत भरेका छन् भने गीतलाई दीपक विश्वकर्माले एरेन्ज गरेका छन् ।

गीतकार चौलागाईंका अनुसार भिडियोको सम्पूर्ण छायांकन सकिएको छ । लक्ष्मी बर्देवा र जीवन भट्टराईले निर्देशन गरेको म्युजिक भिडियो बुद्ध थापाले खिचेका हुन् ।

काभ्रेको भकुन्डेबेसीमा छायांकन गरिएको भिडियोमा लक्ष्मी बर्देवा, जीवन भट्टराई, अनुप न्यौपाने र बाल कलाकार आल्मा खतिवडाले अभिनय गरेका छन् ।

प्रमोद श्रेष्ठले ड्रोन चलाएको ‘हासेकै छैन’ को भिडियोलाई पाना आर्ट्सले पोस्ट प्रोडक्सन गरेको हो । १५ पुषमा 8K Everest Motion Pictures युट्युब च्यानलबाट गित रिलिज हुने गीतकार चौलागाईंले बताए ।

मकवानपुरका विभिन्न एफएमहरुको स्टेशन आइडी समेत लेखेका चौलागाईको यसअघि अन्य गीतहरु बजारमा आएका छन्  । चौलागाईको शब्दमा घनश्याम ढकाल र अस्मिता खड्काको स्वरमा ‘तिमी बिर हौँ, तिमी साहसी हौँ’ बोलको गीत सार्वजनिक भइसकेको छ ।

त्यसैगरी ‘तिम्रो मेरो पिरतीमा कस्को आँखा लाग्यो’, संजोग गौतमको स्वरमा बजारमा आइसकेको छ । ‘देखाउन नसकिने माया’ बोलको गीत चालागाईकै स्वरमा बजारमा आइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*