Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

सुन जस्तो देखिने धातुसहित मकवानपुरबाट दुई जना पक्राउ


हेटौंडा ।  हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनजस्तो देखिने धातुसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ADVERTISEMENT

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–२ बस्ने ३९ वर्षीय हितेसकुमार साह र भारत पञ्जाबका ३४ वर्षीय तर्सिम सिङ छन् ।

ADVERTISEMENT

उक्त चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगंजबाट आउँदै गरेको बा।प्र ०३–००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४ सय ५० ग्रामको सुनजस्तो देखिने धातुको ब्रास्लेट ९ थान र ना ५ ख ६२१७ नम्बरको बसमा सवार सिङलाई झोलाभित्र लुकाई ल्याएको करिब ४० ग्राम सुनजस्तो देखिने धातुसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० मंसिर २९, १४ :१६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट