Techie IT
Hetauda Khabar

मकवानपुरको इन्द्रसरोवर हत्या घटनाः एक जना पक्राउ


मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३ सिस्नेरीमा हत्या गरेर खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवको अनुसन्धानको क्रममा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
गत २४ गते साँझ सिस्नेरी ज्यामिरेकी स्थानीय ३६ वर्षीया सरस्वती वाइबाको शव टाउको र शरीरमा लगाएको थोरै लुगा देखिने गरी गाडिएको अवस्थामा फेला परेको थियो ।
अनुसन्धान गर्ने क्रममा एक जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए ।

सरस्वती केहि दिनदेखि हराएको भन्दै उनको परिवारले प्रहरी कार्यालयमा खोजी गरिदिन निदेवन दिएका थिए । महिलाको हत्या गरेर गाडिएको अवस्थामा शव फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुरसहित अनुसन्धानलाई अगाडी बढाएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका शवको पोष्टमार्टमको रिपोर्ट आएको छैन भने घटनाको थप अनुसन्धान भइरहेको छ । अनुसन्धान भैरहेकाले पक्राउ परेका व्यक्तिको परिचय खुलाउन नमिल्ने प्रहरीले बताएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट