Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा आगलागी उद्धारका लागि बाराबाट आएका दुई जनाको ट्याक्टर खस्दा मृत्यु


हेटौंडा । मकवानपुरको हेटौंडा उपहानगरपालिका–१६ ठूलो आकाशधारा आपघारिस्थित एक घरमा आगलागी भएपछि उद्धारका लागि बाराबाट आएका दुई जनाको दुर्घटनामा मृत्यु भएको छ ।

ADVERTISEMENT

आकाशधाराको ताम्बा माईलाको घरमा आगलागी भएपछि उद्धारका लागि रतनपुर बाराबाट आएका स्थानीय ३६ वर्षिय लालबहादुर थिङ र जित बहादुर थिङको मृत्यु भएको हो ।

ADVERTISEMENT

उनीहरु ठुलबुवा-भतिज हुन । घटनास्थलतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

आइतबार ३ बजेर ३० मिनेटको पानीस्वारा स्थितमा ब्याक गर्ने क्रममा मधेश प्रदेश ०३-००१ त ६९८७ नम्बरको ट्याक्टर आफै ‍अनियन्त्रित भई पानीस्वारा भिरबाट अन्दाजी २५०/३०० मिटर तल खस्दा दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

ADVERTISEMENT

आगलागी भएको घर जलेर पूर्णरुपमा नष्ट भएको छ । जस्ताको छानो लगाएको दुई तले घरमा कोहि नभएको अवस्थामा विद्युत गडबडी भई आगो लागेको थियो ।


प्रकाशित मिति : सोमवार, २०८० मंसिर १८, ०८ :२० बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट