Techie IT
  • १६ वैशाख २०८३, बुधबार
Hetauda Khabar
  • १६ वैशाख २०८३, बुधबार

सबै वडामा विद्युत पुर्‍याउँदै मकवानपुरको राक्सिराङ


मकवानपुरको राक्सिराङ गाउँपालिकाले आफ्नो सबै वडामा विद्युत् सेवा पुर्‍याउने गरी काम गरिरहेको छ।राक्सिराङको खैराङ, काँकडा, दाम्राङलगायतका क्षेत्रमा विद्युत् सेवा पुग्न बाँकी छ।

ADVERTISEMENT

खैराङ, काँकडालगायत विद्युत् नपुगेको स्थानमा अहिले दैनिक करिब दुई सय मजदुरले पोल गाड्ने, तार तान्नेलगायतका काम गरिरहेको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए। राक्सिराङको विकट गाउँमा विद्युत् सेवा पुग्न सकेको छैन।

ADVERTISEMENT

विद्युत् विस्तार गर्ने क्रममा वडा नं ९ को खैराङ र ७ को धिराङ, दाम्राङलगायतका क्षेत्रमा यसै आर्थिक वर्षभित्र बत्ती बाल्ने गरी धमाधम काम भइरहेको उनले बताए। ३१ करोड रूपैयाँको बजेटमा नरेन्द्र इलेक्ट्रोनिक कम्पनी काठमाडौंले काम गरिरहेको र विद्युतको कामका लागि स्थानीयस्तरबाट समेत सहयोग भइरहेको उनले बताए। “मजदुरसँगै स्थानीयले काम गरिरहेका छन्, विद्युत् नपुगेको ठाउँमा पुर्‍याउने र काठेपोल विस्थापित गर्ने अभियानमा लागेका छौँ”, अध्यक्ष मल्लले बताए।

सहजरूपमा विद्युत् उपलब्ध भएपछि पर्यटन उद्योग र कृषिलाई पनि यहाँ सहज हुने छ। यस क्षेत्रमा सामूहिक कार्यका लागि सामुदायिक भवन बनाउने, गलैँचा उद्योग खोल्नेलगायतका योजना अघि बढेको अध्यक्ष मल्लले बताए।

ADVERTISEMENT

विद्युत् उपलब्ध भएपश्चात् घरैबाट गलैँचाको काम गर्न सकिने उनले बताए। आगामी बैशाख महिनासम्म यस क्षेत्रमा विद्युतबाट बत्ती बाल्ने योजना रहेको र सँगसँगै बाटो सफा गर्ने अभियान पनि सञ्चालन भइरहेको जनाइएको छ। राक्सिराङ भौगोलिकरूपमा विकट रहेको गाउँपालिका हो। रासस


प्रकाशित मिति : बिहिबार, २०८० मंसिर १४, १८ :३७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट