Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

हेटौंडामा पाँच दर्जनभन्दा बढी इन्जिनियरहरूको भेटघाट


एस्ट्रोनोभा फाउन्डेसन नेपालको आयोजनामा हेटौंडामा पहिलो पटक “हेटौंडा ईन्जिनियर्स मिटअप २०८०” सम्पन्न भएको छ।

ADVERTISEMENT

स्टुडेन्ट डे को अवसर पारेर गरिएको सो भेलामा इन्जिनियरिङतर्फ सिभिल, इलेक्ट्रोनिक्स, इलेक्ट्रिक, मेकानिकल, सूचना प्रविधि, कम्प्युटर, आइटी सेक्युरिटी, इन्ड्रस्टियल, केमिकल, अटोमोबाइल आदि क्षेत्रका साथै विज्ञान प्रविधिका अन्य क्षेत्रमा बि।टेक, फरेस्ट्री, कृषि, एक्चुरिएल साईन्स, आर्किटेक्ट, मेडिकल साईन्स लगाएतका विभिन्न क्षेत्रमा स्नातक पास भईसकेका तथा पढ्दै गरेका ६०ं विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

एस्ट्रोनोभा फाउण्डेशन नेपालका अध्यक्ष किशन बास्तोलाले विज्ञान, सुचना प्रविधी ,नवप्रवर्तन, उधमशीलता जस्ता कुराहरुमा कसरी बालबालिकाहरुलाई विध्यालयस्तर देखि नै अग्रसर गराउदै उनिहरुमा दिर्घकालिन सोच, वैज्ञानिक सोच संस्कृति, नविनतम विचारधाराको सँस्कृती विकास गराई हेटौडालाई विज्ञान, प्रविधी,नवप्रवर्तनशीलता, उधमशीलता तथा शैक्षिक र पर्यटनका हिसाबले देशकै नमुना सहरका रुपमा विकास गराउन सकिन्छ भन्ने कुरामा राय प्रस्तुत गर्दै यसका फिजिकल, डिजिटल र पेडागोजिकल पक्षको समिश्रण सहितको समाधानका मोडेल प्रस्तुत गरेका थिए ।

विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरूलाई आफुमा भएको प्रतिभा अन्वेषण गर्न मिल्ने वातावरण, उनिहरूको रुचि अनुसारका ईनोभेटिभ प्रोटोटाईपहरू बनाउन मिल्ने आइओटी ल्याब, जुनसुकै उमेर समुहका विद्यार्थीहरूले कुनै विषयबस्तुमाथी अनुसन्धानको लागि साथ सहयोग, अन्तर्राष्ट्रिय स्तरमा प्रतिभा प्रस्फुटन अवसर, नयाँकुरा सिक्छु भन्नेहरूको लागि विभिन्न विद्यामा ईन्टर्नशिपको ब्यबस्था, ९ वर्ष माथिका विद्यार्थीहरूलाई कोडिङ प्रोग्रामिङ ल्याङ्वेजको ब्यबस्था, वेदिक गणित तालिम, नयाँ खालका बिजनेस आईडियामा लगानि साथै विज्ञान, सुचना प्रबिधी, ईन्जिनियरिङ, कला, गणित आदि क्षेत्रमा निरन्तर रुपमा कार्यशाला, प्रशिक्षण, प्यानल डिस्कसन, ग्रुप डिस्कसन आदि निरन्तर हुने उक्त प्रयोगशालालाई जुनियर रिसर्च ल्याब, मेकर्स प्लेस, सफ्टवेयर प्रोडक्सन हाउस, अ प्लेस फर बिउटिफुल माईन्ड आदि नामले समेत बोलाउन सकिने कुराको जानकारी प्रस्तुत गरिएको थियो ।

ADVERTISEMENT

यसका साथै मध्यकालिन र दिर्घकालिन लक्ष्यहरूको बारेमा बताउदै सयौं विद्यार्थी एउटै प्लेटफर्म मार्फत जो जहाँ रहेरपनी सहकार्यमा अघि बढ्न सकिने र त्यस्कालागी प्रगतिशिल सोच राख्ने ईच्छुक सबै विद्यार्थी अट्न सक्ने र जोड्न सकिने डिजिटल प्लेटफर्म निर्माण भैरहेको र त्यस्मा ईन्जिनियरिङ लगाएत सबै क्षेत्रका विद्यार्थी आवश्यक हुने कुरा समेत जानकारी दिईएको थियो ।

फाउन्डेशनले आफ्नो उद्देश्य अनुरुप वैज्ञानिक एवम् प्रविधिमय वातावरणका निम्ति रोबटिक्स एण्ड अटोमेसन, आर्टिफिसिएल इन्टेलिजेन्स, फ्युचर टेक्नोलोजी, ड्रोन टेक्नोलोजि, रकेट एण्ड एभिएसन, वेदिक गणित, एष्ट्रोनोमी केन्द्रित कार्यशाला गर्दै आएको छ ।

यसअघि विद्यार्थीहरूलाई फिजिक्स, फिजिक्स इन एक्सन, म्याथ इन एक्सन, चन्द्रमा अवलोकन, नोबेल विजेता वैज्ञानिकहरूले हस्ताक्षर गरेको टेलिस्कोपबाट सोलार अवलोकन, ब्ल्याक होल, बिग ब्याङ थेउरी, थेउरी अफ रिलेटिभिटी, (स्पेशलरजनरल)को बारेमा चर्चा परिचर्चा फरक फरक ठाउँमा लगेर खुला आकास मुनि कक्षाहरू मार्फत गरिएको थियो।

त्यस्तै इन्बेडेड सिस्टम तथा रोबोटिक्स अन्तर्गत सी प्रोग्रामिङ ल्याङ्ग्वेज, अटो ट्राफिक लाइट सिस्टम, भूकम्प मापन सिस्टम, होम अटोमेसन सिस्टम, वेस्ट म्यानेजमेन्ट सिस्टम ९स्मार्ट डस्टबिन०, ड्रोन, रकेट साईन्स, एभिएसन लगायतको विषयमा पनि विद्यार्थीहरुलाई प्रशिक्षण तथा कार्यशाला दिदै आईरहेको फाउण्डेशनले जनाएको छ ।

फ्युचर टेक्नोलोजीतर्फ आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड कम्प्युटिङ, साइबर सेक्युरिटी, अगमेन्टेड रियालिटी, भर्चुअल रियालिटी र डेटा सेक्युरिटी लगायतको विषयमा प्रशिक्षण दिइँदै आएको पनि फाउण्डेशनले जनाएको छ ।

कार्यक्रममा एस्ट्रोनोभा फाउण्डेशन नेपालका अध्यक्ष किशन बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव चिरञ्जीवी लामिछाने, कोषाध्यक्ष आयुष बस्नेत, बोर्ड सदस्य अनुज अधिकारी तथा इन्जिनियर लिलानाथ घिमिरेले संस्थाको भिजन, मिसन र लक्षहरूको साथ साथै आफुहरूले हाल गरिरहेका ईनोभेटिभ प्रोकेक्टजरू र भैरहेका कामका प्रगती विवरण आदि जानकारिहरू प्रदान गरिएको थियो ।


प्रकाशित मिति : सोमवार, २०८० मंसिर ४, ११ :४८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट