Techie IT
  • १९ वैशाख २०८३, शनिबार
Hetauda Khabar
  • १९ वैशाख २०८३, शनिबार

सूर्य थापालाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण


निर्वाचन आयोगले नेकपा (एमाले)का प्रतिनिधि सभा सदस्य उम्मेदवार सूर्यबहादुर थापालाई स्पष्टीकरण सोधेको छ।

ADVERTISEMENT

निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको भन्दै आयोगले थापालाई स्पष्टीकरण सोधेको हो। थापाले प्यूठानबाट उम्मेदवारी दिएका छन्।

ADVERTISEMENT

प्रचारप्रसारका लागि बालबालिकाको प्रयोग गरेको श्रव्यदृश्य सामग्री आयोगमा प्राप्त भएकाले स्पष्टीकरण सोधेको आयोगले जनाएको छ।

“तपाईंले निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा १ को खण्ड (ट) को प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार, प्रमाण के छ?” आयोगले स्पष्टीकरणमा भनेको छ, “निर्वाचनका प्रक्रियाहरू अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नुभएको हो?”

ADVERTISEMENT

प्रकाशित मिति : शनिबार, २०७९ कार्तिक १२, २१ :१६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट