Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

चित्लाङमा रहेको मदन भण्डारी विश्वविद्यालयले मासिक तिस हजार छात्रवृत्ति दिने


हेटौंडा । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले विद्यार्थीलाई मासिक ३० हजार रुपियाँसम्मको छात्रवृत्तिसहित स्नातकोत्तर र विद्यावारिधिको शैक्षिक कार्यक्रम सुरु गरेको छ ।

ADVERTISEMENT

मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा यही वर्षबाट स्नातकोत्तर तहका विद्यार्थीलाई मासिक २५ हजार र विद्यावारिधिमा अध्ययन गर्ने विद्यार्थीलाई मासिक ३० हजार रुपियाँको छात्रवृत्तिसहितको भर्ना कार्यक्रम सुरु गरेको छ । यो वर्ष विश्वविद्यालयले ३२ जना विद्यार्थीलाई अध्ययनका लागि भर्ना आह्वान गरेको हो । चित्लाङमा बिहीबार आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार विश्वका राम्रा विश्वविद्यालयसँग प्रतिस्पर्धा गराउन र अनुसन्धानमा आधारित अध्ययनलाई अघि बढाउने उद्देश्यले चार वटा विषयमा भर्ना सुरु गरिएको हो ।

ADVERTISEMENT

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय संरक्षक समितिका अध्यक्ष प्रा। राजेन्द्रध्वज जोशीले विश्वका उत्कृष्ट विश्वविद्यालय सहयोग रकमबाटै सञ्चालन भएको चर्चा गर्दै कम्तीमा एक लाख मानिसबाट एक अर्ब रुपियाँ सङ्कलनको लक्ष्यसहित भर्ना कार्यक्रम शुभारम्भ गरेको जानकारी दिए।

उनले विश्वविद्यालयसँग रहेको भौतिक प्रगतिका बारेमा जानकारी दिँदै विश्वविद्यालयसँग हाल ३० लाख रुपियाँ मात्रै मौज्दात रहेको उल्लेख गरे । विश्वविद्यालयसँग हाल तीन वटा सुविधासम्पन्न भवनसहित १८० रोपनी जग्गा रहेको छ । सो जग्गा स्थानीय स्वछन्द भैरव माध्यमिक विद्यालयले विश्वविद्यालयलाई उपलब्ध गराएको थियो ।

ADVERTISEMENT

उहाँका अनुसार नेपाल सरकारले विश्वविद्यालयको भौतिक पूर्वाधारका लागि ९५ करोड रुपियाँ विनियोजन गरिसकेको छ । सरकारले एक अर्ब ४० करोडको बजेट सुनिश्चितसमेत गरिसकेको छ ।

विश्वविद्यालयले वन क्षेत्रमा त्यसै खेर गइरहेको कुकाठलाई कसरी आम्दानीको स्रोत बनाउन सकिन्छ भनेर अध्ययन गर्ने उद्देश्यले वनमा आधारित अध्ययनको स्नातकोत्तर तथा विद्यावारिधिको कक्षा सञ्चालन गर्न लागेको जनाइएको छ । यसले नेपालको वन क्षेत्रको आम्दानीका आधार खुला हुने अपेक्षा गरिएको छ । त्यसका लागि विश्वविद्यालयमा सुविधासम्पन्न ल्याबसमेत निर्माण भइसकेको छ ।

विश्वविद्यालयका वित्त प्रमुख शम्भु अधिकारीका अनुसार प्राङ्गारिक कृषिमा विद्यावारिधि तथा स्नातकोत्तरको कक्षा सुरु गर्न लागिएको हो । उनले नेपाल कृषिप्रधान मुलुक भएकाले प्राङ्गारिक खेती प्रणालीको खोज तथा अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विश्वमा पहिलो पटक पर्यटन पूर्वाधारको विधावारिधि कक्षा सुरु भएको दाबी विश्वविद्यालयको छ । डा। सबिना श्रेष्ठले नेपालमा पर्यटनको अत्यधिक सम्भावना रहेको तथा पर्यटन पूर्वाधारको विकास हुन नसकेको अवस्थामा यसले ठुलो सहयोग पु¥याउने बताउनुभयो । चार वटा सङ्कायमा पहिलो वर्ष चाररचार जना विद्यार्थीलाई भर्ना लिइने जनाइएको छ ।

विश्वविद्यालयले कुनै पनि प्राध्यापक तथा कर्मचारीलाई स्थायी नगर्ने अवधारणा अघि सारेको छ । काम गरेको दिनमा सुविधा दिने तर काम नगरेको दिनमा सेवा नपाउने गरी प्राध्यापक नियुक्तिको प्रक्रिया अघि बढाएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले २० क्रेडिट आवरको सैद्धान्तिक र ५० क्रेडिट आवसर अनुसन्धानमूलक कक्षा सञ्चालन गर्ने जनाइएको छ ।


प्रकाशित मिति : शुक्रबार, २०८० कार्तिक १७, १२ :०७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट