Techie IT
  • १६ वैशाख २०८३, बुधबार
Hetauda Khabar
  • १६ वैशाख २०८३, बुधबार

हेटौंडामा भएको राष्ट्रिय कविता प्रतियोगितामा पराजुली प्रथम


हेटौँडा । राष्ट्रिय युवा कविता उत्सव २०८० अन्र्तगत भएको कविता प्रतियोगितामा सुनसरीका कवि सुरज पराजुलीले कविता ‘पर्खाइ’ कविताले प्रथम स्थान हाँसिल गरेको छ । उनले नगद ४० हजार राशिको पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।

ADVERTISEMENT

शनिबार हेटौँडामा भएको कार्यक्रममा देशभरबाट प्राप्त १ सय ५३ कविता मध्य उत्कृष्ट २० कवितालाई फानल प्रतिस्पर्धा गराईएको थियो । प्रतियोगितामा चितवनका कवि अन्जान प्रदीपले कविता ‘कुण्डली’ले दोश्रो स्थान प्राप्त गर्दै नगद ३० हजार रुपैँया प्राप्त गर्दा नुवाकोटका कवि एलिसा एकलासले कविता ‘निर्धो बक्ररेखा’ ले तेश्रो स्थान हाँसिल गर्न सफल भएको छ । उनले नगद २० हजार प्राप्त गरे । १० हजार रूपैयाँ राशिसहित भीमप्रसाद खतिवडा अनुराग ‘मेरो यात्रा’ कवितामार्फत् सान्त्वना हुन सफल भएको छ ।

ADVERTISEMENT

३ सदस्यीय निर्णायक मण्डलमा चितवनका कवि भूपिन खड्का, काठमाडौँकी कवि डा। विन्दु शर्मा र हेटौँडाका कवि निमेष निखिल रहेका थिए । कविताको निर्णायक कवि भूपिनले छानिएका २० वटै कविता उत्कृष्ट भएको भन्दै निर्णय गर्न निकै कठिन भएको बताए ।

प्रदेश युवा परिषद, बागमती प्रदेशको आयोजना र साहित्य सङ्गम मकवानपुरको व्यवस्थापनमा शनिबार रोयल प्यालेस हेटौँडामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता र प्रदेश युवा परिषद, बागमती प्रदेशका उपाध्यक्ष सन्तोष चौलागाईँको अध्यक्षतामा भएको हो । कार्यक्रममा चर्चित कवि कवि विप्लव प्रतीकले आफ्ना १० वटा कविता प्रस्तुत गरेका थिए ।

ADVERTISEMENT

प्रकाशित मिति : आइतवार, २०८० अशोज २८, १३ :०८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट