Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

शौचालय गएको बेला चेक चोरेर मकवानपुरका एक होटल संचालक बेपत्ता


सौचालय गएका बेला झोलामा भएको चेक चोरर मकवानपुरमा एकजना होटल संचालक बेपत्ता भएका छन् ।

ADVERTISEMENT

मकवानपुरको मनहरी गाउँपालिका-६ स्थित सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहको चेक चोरी गरी २५ लाख रुपैयाँ अनधिकृत रुपमा आफ्नो खातामा जम्मा गरी मनहरी-६, डिपार्टका दिदीबहिनी होटलका सञ्चालक लालकुमार थिङ सम्पर्कविहीनको चेकधनिले बताएका छन्।

ADVERTISEMENT

गत माघ १४ गते सिस्नेरीपाखा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शिवकुमार बिक थिङको होटलमा खाजा खाएर शौचालय गएको समयमा थिङले चेक चोरी गरी माघ १८ गते चेक काटेर वन समूहको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाताबाट आफ्नो नाममा कामना सेवा बैंकमा रहेको खातामा २५ लाख रुपैयाँ सारेको आज पत्रकार सम्मेलन गरी विकले बताए ।

वन क्षेत्रमा कुवा तथा काठे पुल निर्माणपछि निर्माण व्यवसायीलाई रकम दिनको लागि समितिको बैठकको निर्णयबाट आफूले बिरामी कोषाध्यक्षको घरमै पुगेर हस्ताक्षर गरी आफूले पनि हस्ताक्षर गरी छाप लगाएर रकम लेख्ने स्थान बाँकी राखेको चेक थिङले चोरी गरी रकम निकालेर आफ्नो खातामा ट्रान्स्फर गरेको उनको भनाइ छ ।
बिकका अनुसार थिङले २ थान चेक चोरी गरी रकम वन समूहको रकम आफ्नो खातामा सारेका हुन् । काम सम्पन्न भइसकेकोले भुक्तानी दिने तयारी गरी समूहले बैठक बसेर निर्णय समेत गरिसकेको अवस्थामा चेक चोरी गरेर रकम झिकिदिएपछि आफूहरु समस्यामा परेको उनले बताए ।

ADVERTISEMENT

चेक चोरी भएको र चेकबाट रकम झिक्ने मानिसको पहिचान भएपछि आफुहरुले प्रहरीमा चेक चोरीको मुद्दा समेत दायर गरेको र प्रहरीको समन्वयमा पैसा फिर्ता गर्ने मौखिक सहमति भए पनि पैसा फिर्ता नभएपछि वन समूहले चैत ५ गते प्रहरीमा चोरी मुद्दा दर्ता गरेको उनले बताए ।

फागुन २० गतेसम्म पैसा फिर्ता गर्न सहमत भएका थिङले अहिले ज्यान मार्नेसम्मको धम्की दिएको अध्यक्ष विकको भनाइ छ । उनले चेक चोरीको घटनामा संलग्न थिङलाई तत्काल पक्राउ गरि आवश्यक कारबाहीको माग समेत गरेका छन्।


प्रकाशित मिति : सोमवार, २०८० भदौ ४, २२ :३४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट