Techie IT
  • १ फागुन २०८२, शुक्रबार
Hetauda Khabar
  • १ फागुन २०८२, शुक्रबार

पहिरोमा परी मकवानपुरको भैँसे प्रहरी चौकीका प्रहरी जवानको मृत्यु


मकवानपुरको भैँसेस्थित प्रहरी चौकीमा कार्यरत एक प्रहरी जवानको पहिरोमा परी मृत्यु भएको छ । जाजरकोट शिवालय गाउँपालिका ८ घरभएका कृतिबहादुर नेपालीको पहिरोमा परेर मृत्यु भएको हो ।

ADVERTISEMENT

भैँसे बजारबाट हेटौँडा बजारतर्फ मोटरसाइकलमा प्रहरी जवान नेपाली र सुनिल मेचे आउँदै गर्दा बिहीबार राति ११:२५ बजे त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका १ स्थित हेटौँडा–भैँसे सडक खण्डको बुलबुलेमा माथिबाट पहिरो खस्दा उनिहरु घाइते भएका थिए ।

ADVERTISEMENT

घाइते प्रहरी जवान नेपालीको हेटौँडा उपचारको क्रममा मृत्यु भएको होे । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अर्का घाइते प्रहरी जवानको हेटौँडा अस्पतालमा उपचार भइरहेको र निजको अवस्था सामान्य रहेको छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८० साउन २६, १८ :२७ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट