Techie IT
  • २० फागुन २०८२, बुधबार
Hetauda Khabar
  • २० फागुन २०८२, बुधबार

मकवानपुरमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु, ६ जना बेपत्ता


मकवानपुरमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।

ADVERTISEMENT

गएरातीदेखि लगातार परेको वर्षासंगै आएको भल/पहिरोले मकवानपुरको बागमती गाउँपालिका ५ सिक्रे दोभान स्थीत अक्कल बहादुर स्यांतानको घर बगाउँदा  स्यांतानकि श्रीमती सन्त माया स्यांतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ADVERTISEMENT

५५ बर्षिया स्यांतानलाई उद्दार गरी स्थानियले मेडिकलमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै पहिरोमा परी ६ जना बेपत्ता भएका छन्  बेपत्ता हुनेमा अक्कल बहादुर स्यांतान उनका २२ वर्षकी छोरी शिला पहरी, ज्वाई २५ वर्षीय जिबन पहरी, ४ वर्षीय नाती मिलन पहरि,  डेड वर्षीया नातिनी दिब्या पहरी र पाहुना आएका सिन्धुली हरिहरपुर १ कोकटी बस्ने पासाङ घिसिङ रहेको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

बेपत्ता भएकाहरुको स्थानिय र प्रहरीको सहयोगमा खोजतलास भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रकाशित मिति : मङ्लबार, २०८० साउन २३, १० :२६ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट