Techie IT
Hetauda Khabar

हेटौंडामा अत्याधिक गर्मी, बिरामीको संख्या बढ्यो


हेटौंडामा अत्याधिक गर्मी बढेको छ । लगातार बढ्दै गएको तापक्रमले हेटौंडाको जनजीवन प्रभावित बनेको छ ।

विगत केहिदिन यता दिउँसोको तापक्रम ४२ देखि ४३ डिग्रीसम्म पुग्न थालेपछि यहाँको जनजीवन प्रभावित बनेको हो । उच्च तापक्रमकै कारण हेटौंडामा  बिरामी हुनेको सङ्ख्या बढ्दै गएको छ ।

गर्मी बढेसँगै जिल्लाको हेटौंडा अस्पतालमा बिरामीको संख्या बढेको छ । केहिदिन यता अस्पतालमा गर्मीकै कारण बान्ता, पखाला र अन्यसमस्या देखिएका बिरामी १०० भन्दा बढी आउने गरेको हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समिति सदस्य उत्सव चौलागाईंले बताए ।

अस्पतालमा र निजि स्वास्थ्य सस्थामा पनि पखाला, निमोनिया, ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मीले बताएका छन् । गर्मीबाट सबैभन्दा बढी बालबालिका तथा वृद्धवृद्धा बढी प्रभावित भएको चौलागाईंले बताए ।

अत्याधिक गर्मीका कारण सुगर, प्रेसरजस्ता स्वास्थ्य समस्या भएकालाईसमेत असर गर्ने भएकाले खानपानमा ध्यान दिन र प्रसस्त मात्रामा पानि पिउनु पर्ने चिकित्सकको सुझाव छ ।

 


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट