Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

कमल थापाले भने- ‘नागरिकता कागजको खोस्टो बनाइयो, यो राष्ट्रप्रति बेइमानी हो’


राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाली नागरिकतलाई कागजको खोष्टो बनाइएको टिप्पणी गरेका छन्। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणित गरेपछि अध्यक्ष थापाले सामाजिक संजालमा यस्तो धारणा व्यक्त गरेका हुन्।

ADVERTISEMENT

अध्यक्ष थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणकै दिन पारेर विवादित नागरिकता प्रमाणीकरण गर्नु कसलाई खुसी पार्न हो? भन्दै प्रश्न गरेका छन्। राष्ट्रपति पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रचण्डमार्फत् ‘गूड न्यूज’ दिएको थापाले उल्लेख गरेका छन्।

ADVERTISEMENT

उनले भनेका छन्, ‘प्रम प्रचण्डको भारत भ्रमणको दिन पारेर नागरिकता विधेयक प्रमाणित गर्नुले प्रष्ट हुन्छ, यो विधेयक कसलाई खुसी पार्न बनेको हो। राष्ट्रपति पौडेलले भारतीय प्रम नरेन्द्र मोदीलाई प्रचण्ड मार्फत् ‘गुड न्युज’ दिनुभयो।’

‘राष्ट्रहित विपरित ठहरगरी तत्कालीन राष्ट्रपति विद्या भण्डारीले रोकेको नागरिकता विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नु राष्ट्रपति संस्था कै अपमान हो।एउटा राष्ट्रपतिले अस्विकार गरेको निर्णय अर्को राष्ट्रपतिले ९ महिना पछि उल्टाउनु हास्यास्पद छ। यो राष्ट्रप्रति बेईमानी हो। उनले लेखेका छन्, ‘तत्कालीन राष्ट्रपति भण्डारीले वैवाहिक अंगिकृत नागरिकता लगायत राष्ट्रहितका विभिन्न प्रश्नहरु उठाएर विधेयक रोकेकी थिईन्। अहिले नयां चुनावबाट नयां जनादेश प्राप्त संसद आएको अवस्थामा संसदलाई वाईपास गरेर राष्ट्रपति पौडेलले ९महिना अघि निस्कृय भैसकेको विधेयक प्रमाणिकरण गर्नु संविधान र जनादेशको समेत अपमान हो।
भारतीय नागरिकले नेपाली चेली विवाह गरेर लैजांदा उनले भारतको नागरिकता पाउन ७वर्ष कुर्नुपर्छ।राष्ट्रपति पौडेलले आज प्रमाणिकरण गरेको विधेयक लागु भएपछि नेपाली नागरिकले विवाह गरेको भारतीय महिलाले विवाह कै दिन नागरिकता पाउने छिन,सांसद मन्त्रि हुन पाउंछिन। नागरिकता कागजको खोस्टो बनाईयो

ADVERTISEMENT

प्रकाशित मिति : बुधबार, २०८० जेष्ठ १७, १४ :१५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट