Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

चलचित्र पत्रकार संघ मकवानपुरद्वारा तीन जनालाई सम्मान


चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले आफ्नो २४ औ स्थापना दिवसको अवसरमा ३ जनालाई सम्मान गरेको छ

ADVERTISEMENT

हेटौंडामा आज एक कार्यक्रम गर्दै संघले पत्रकारद्वय राजन घिमिरे, पोष्टराज अधिकारी ‘कुमार’ र कलाकार सुलेमान शंकर इकुलाई सम्मान गरेको हो ।  तीन दशकदेखि चलतित्र पत्रकारीता गर्दै आएका पत्रकार राजन घिमिरेलाई संघले १० हजार राशी सहित पुरस्कृत गरेको हो । उनी संघको केन्द्रीय संस्थापक सदस्य समेत हुन् ।

ADVERTISEMENT

यस्तै संघले यस वर्षको चलचित्र पत्रकारिता पुरस्कार –२०८० चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष पोष्टराज अधिकारी ‘कुमार’लाई प्रदान गरेको छ । अधिकारीलाई नगद ५ हजार सहित सम्मान गरिएको हो । उनी दुई दशक देखी मकवानपुरमा रहेर पत्रकारितामा क्रियाशील रहदैँ आएका छन् । त्यस्तै वर्ष चलचित्र कलाकर्मी सम्मान–२०८० बाट कलाकार सुलेमान शंकर ईकु सम्मानित भएका छन् ।

चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपिल खड्काको अध्यक्षतामा भएकोे कार्यक्रममा प्रमुख अतिथि हेटौडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँले पुरस्कृतहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए । बधाई दिदै उपप्रमुख बानियाँले पत्रकारिता र कलाकारितामा अझ सक्रिय हुन आग्रह गरे ।

ADVERTISEMENT

कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष समीर बलामी, हेटौडा २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, हेटौडा ४ का वडा अध्यक्ष नवीन सिग्देल, नेपाल पत्रकार महासंघ एशोसियट अध्यक्ष बैकुण्ठ पराजुली, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, ब्रोडकाष्टिङ्ग एशोसियसन अफ नेपालका वरिष्ठ उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, एनएस सिनेमाहलका संचालक नवराज आचार्य, कलाकार तथा निर्माता सुशान्त कुमार श्रेष्ठ, लगाएत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।


प्रकाशित मिति : शनिबार, २०८० जेष्ठ ६, २० :२५ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट