Techie IT
  • २९ माघ २०८२, बिहीबार
Hetauda Khabar
  • २९ माघ २०८२, बिहीबार

पत्रकार बञ्जाराको विषयमा निष्पक्ष छानबिन गर्न महासंघ मकवानपुरको अपिल


नेपाल पत्रकार महासंघ मकवानपुरले जबरजस्ती करणीको आरोपमा पक्राउ परेका पत्रकार इन्द्रप्रसाद बञ्जारा (रमेश) को विषयमा निष्पक्ष छानबिन गर्न माग गरेको छ । महासंघका अध्यक्ष मणिराज गौतमले आज एक विज्ञप्ती जारी गर्दै बञ्जारा पक्राउ परेको घटनाप्रति ध्यानाकर्षण जनाउँदै दोषीलाई कानुनी कारबाही र निर्दोषलाई न्याय दिलाउन कुनै दबाब र प्रभावको भरमा नपरी निष्पक्ष छानबिन गर्न प्रहरी प्रशासनसमक्ष माग गरिएको हो ।

ADVERTISEMENT

विज्ञप्तीमा भनिएको छ,“पछिल्ला दिनमा मकवानपुरका सञ्चार माध्यममा उक्त घटनासंग सम्वन्धित विषयका विभिन्न समाचार तथा सीसीटिभी फुटेजहरु प्रकाशन/प्रशारण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई घटनाको निष्पक्ष र दोहोरो छानबिन गरी चाँडोभन्दा चाँडो दोषीलाई कारवाही र निर्दोषलाई न्याय दिलाउनका लागि कुनै दबाब र प्रभावमा नपरी अध्ययन तथा अनुसन्धानका लागि महासंघ मकवानपुर जोडदार माग गर्दछ ।”
घटनाका विषयमा विलम्ब नगरी सत्यको पक्षमा न्याय निरुपणका लागि सरोकारवाला निकायसमक्ष पनि महासंघ मकवानपुर अध्यक्ष गौतमले विज्ञप्ती मार्फत आग्रह गरेका छन् ।

ADVERTISEMENT

गएको चैत्र ३० गते एक महिलाले पत्रकार बञ्जाराले जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी परेपछि बञ्जारा अहिले दोस्रोपटक म्याद थप भएर अनुसन्धानमा छन् ।

अनुसन्धान चलिरहेकै अवस्थामा मंगलबार हेटौंडाखबरमा उजुरी दिने महिलाले बलात्कार भयो भनिएको दिन बञ्जारा कहाँ–कहाँ पुगेका थिए भनेर सीसीटिभी फुटेजसहितको सामाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएसंगै मकवानपुरको सञ्चार जगत स्तब्ध भएको छ ।

ADVERTISEMENT

सोहीकारण पत्रकार बञ्जारामाथि लागेको आरोपको विषयमा प्रहरी प्रशासन तथा सरोकारवाला निकायले गम्भिर भएर निष्पक्ष छानबिन गर्न महासंघले माग गरेको हो ।


प्रकाशित मिति : बिहिबार, २०८० बैशाख १४, १४ :४८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट