Techie IT
  • १६ वैशाख २०८३, बुधबार
Hetauda Khabar
  • १६ वैशाख २०८३, बुधबार

मुख्यमन्त्री जम्मरकट्टेलले आज विश्वासको मत लिदै, एमालेले सरकार छोड्ने


बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले आज विश्वासको मत लिदैछन् । गत बुधवार विश्वासको मत लिनका लागि समय तोकिएपनि नेपाली कांग्रेसमा आन्तरिक सहमती जुट्न नसकेकाले बैठक नै सारिएको थियो ।

ADVERTISEMENT

८ चैतमा बस्दै नबसी स्थगित बैठक आज बोलाइएको छ । बैठक अपराह्न १ बजे बस्नेछ । आज बस्ने बैठकमा सहभागी भएर मुख्यमन्त्रीमा विस्वासको मत दिने बुधबार बसेको नेपाली कांग्रेस बागमती संसदीय दलको बैठकले निर्णय गरिसकेको छ ।

ADVERTISEMENT

यता नेकपा भने सरकारबाट बाहिरिएको छैन सम्बवत आजको बैठकमा सहभागी भएपछी बागमतीमा एमालेले सरकार छाड्ने बताइएको छ । आज बस्ने बैठकमा आफ्ना धारणा राखेर सदनबाटै सरकार छाडेको जानकारी दिने र राजिनामा पत्र बुझाउने एमालेले तयारी गरेको छ ।

यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई १०५ जना सांसदले विश्वासको मत दिएका थिए । गत पुस २५ गते ५ दलका ७० जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएका थिएनन् ।

ADVERTISEMENT

बागमती प्रदेश सभाका नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी पार्टी,राप्रपा,नेमकिपा र हाम्रो नेपाली पार्टी गरी ७ दलका ११० जना सांसद छन् ।

प्रदेशसभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशमा सबैभन्दा ठूलो दल कांग्रेसका ३६, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १२, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

आज मुख्यमन्त्री जम्कट्टेललाई सत्ता गठबन्धनका ३ वटा दलका ६७ सांसदको समर्थन प्राप्त हुने देखिन्छ । उनले कांग्रेसका ३७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन पाउने सम्भावना छ ।


प्रकाशित मिति : शुक्रबार, २०७९ चैत्र १०, ०९ :१४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट