Techie IT
  • १६ वैशाख २०८३, बुधबार
Hetauda Khabar
  • १६ वैशाख २०८३, बुधबार

स्ववियु निर्वाचन मकवानपुर क्याम्पस विवाद- अदालतले दिएन अन्तरिम आदेश


मकवानपुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन विवादमा अदालतले अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेको छ ।

ADVERTISEMENT

आसन्न स्ववियु निर्वाचनका बीच नेविसंघको भिषण ठकुरी समुहले स्ववियु निर्वाचन समिति मकवानपुर क्याम्पसले आफुहरुलाई आधिकारिकता नदिएको भन्दै उच्च अदालत पाटन-हेटौंडामा मुद्दा दायर गरेको थियो ।

ADVERTISEMENT

दायर रिट उपर आज अदालतले ५ चैतमा तोकिएको निर्वाचन प्रक्रियालाई अवरुद्ध हुनेगरी निवेदन माग बमोजिम अन्तरिम आदेश जारी नमिल्ने फैसला गरेको हो । न्यायाधीश अब्दुल अजिज मुसलमान र मेरिना श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

ठकुरीसमुहको तर्फबाट ठकुरी र आकास भट्टराईले स्ववियु निर्वाचन समिति मकवानपुर बहुमुखी क्याम्पस, समितिका संयोजक यम सिलवाल, क्याम्पस प्रशासन, नेविसंघका अर्का समुहका अध्यक्ष सुबास सापकोटा, अखिल क्रान्तिकारी मकवानपुर, अनेरास्ववियु मकवानपुरलगायतलाई बिपक्षी बनाएर रिट दायर गरेको थियो  ।

ADVERTISEMENT

रिट निवेदनमा सुबास सापकोटासमुहको उम्मेदवारी दर्तालगायतका निर्णय खारेज हुनुपर्ने, आधिकारिक समुहलाई मान्यता दिनुपर्ने र मुद्दाको छिनोफानो नहुन्जेल निर्वाचन रोक्नुपर्ने माग गर्दै निवेदन गर्ता गरिएको थियो । आदेश संगै अब क्याम्पसमा तोकिएकै मितिमा निर्वाचन हुने भएको छ ।


प्रकाशित मिति : शुक्रबार, २०७९ चैत्र ३, १७ :१८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट