Techie IT
  • १९ माघ २०८२, सोमबार
Hetauda Khabar
  • १९ माघ २०८२, सोमबार

हेटौंडाको ४ स्थानमा सार्वजनिक शौचालय निर्माण गरिने


हेटौंडा उपमहानगरपालिकाको ४ स्थानमा सार्वजनिक शौचालय निर्माण गरिने भएको छ ।

ADVERTISEMENT

मंगलबार बसेको हेटौंडा उपमहानगरपालिकाको २० औं कार्यपालिका बैठकले हेटौंडा नगरको पुर्वमा १८, पश्चिममा १९, दक्षिणमा १५ र उत्तरमा १ नम्बर वडा क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गरिने निर्णय भएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

ADVERTISEMENT

यस क्षेत्रमा आवत जावत गर्नका लागि सहज हुने गरी शौचालय निर्माण गर्ने बताइएको छ।

त्यस्तै उपमहानगरपालिकाले न्यून आय भएका गरीव तथा बिपन्न परिवारका ६६३ जनाको निःशुल्क स्वास्थय बिमा गर्ने निर्णय गरेको छ । नगर स्तरीय स्वास्थ्य विमा लाभग्राही छनौंट समितिले २०७९ फागुन ११ गते गरेको निर्णयबाट भएको सिफारीस अनुसार उनिहरुको स्वास्थ्य बिमा गरीने निर्णय भएको प्रवक्ता सबिन न्यौपानेले बताए ।

ADVERTISEMENT

बैठकले सार्वजनिक पुर्वाधार सम्पत्ती संरक्षण, उपमहानगरको पाठ्क्रम निर्माण तथा कार्यान्वयन कार्यबिधी २०७७ संसोधन, बाटो सार्वजनिक, घर नक्सा अभिलेखिकरण तथा नियमित गर्ने , अनलाईन नक्सा पास सहित बिभिन्न खेलमैदान निर्माण सम्बन्धी निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।


प्रकाशित मिति : बुधबार, २०७९ चैत्र १, १९ :५८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट