Techie IT
Hetauda Khabar

वाफ च्याम्पियनसिपमा नेपालको शानदार शुरुवात, सिरियाविरुद्ध ४-१ ले विजयी


काठमाडौं, ८ फागुन । साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा नेपालले विजयी शुरुवात गरेको छ ।

 

समुह बी अन्तर्गत मंगलबार सम्पन्न पहिलो खेलमा नेपालले सिरियालाई ४-१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

 

नेपाली महिला फुटबल टिमले सिरियाविरुद्ध पहिलो हाफमा ३-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा एक गोल गरेको थियो ।

 

जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा जारी खेलमा नेपालका लागि अमिष कार्की, अनिता बस्नेत र सावित्रा भण्डारीले पहिलो हाफमा एक एक गोल गरेका थिए भने दोस्रो हाफको ६९औं मिनेटमा रेखा पौडेलले एक गोल थापेकी थिइन् ।  त्यस्तै नेपालले पहिलो हाफको अन्त्य तिर एक गोल खाएको थियो ।

 

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइरहेका छन् । नेपाल रहेको समूह बि मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

 

नेपालले अब दोस्रो खेलइराकविरुद्ध विहिबार खेल्ने तालिका रहेको छ । त्यस्तै समुह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट