हेटौंडाको ई स्पट कन्सल्टेन्सीको गैरकानुनी धन्दा, अनुमति पत्र अर्कै राखेर मेनपावर सम्मको काम
हेटौंडामा वैदेशिक भाषा शिक्षा, परामर्शदाता लगायतका काम गर्न खोलिएका कन्सल्टेन्सीहरु छ्यापछ्याप्ती छन् तर नियामक निकायले अनुगमन नगर्दा यस्ता कन्सल्टेन्सीहरु को मनपरीतन्त्र वर्षौ देखि चलीरहेको छ ।
केही समयअघि यसअघिका प्रमुख जिल्ला अधिकारीले प्रदेशको सामाजिक विकास मन्त्रालय र सम्बन्धित अन्य पक्षसँग विभिन्न समन्वय गरी यस्ता गैरकानुनी ढंगबाट सञ्चालित इन्स्टिच्युट र कन्सल्टेन्सीहरुलाई निगरानी बढाएको भएपनि अहिले पुनः प्रशासन यस विषयमा मौन रहेका बेला हेटौंडामा यस्ता गैरकानुनी काम गर्ने कन्सल्टेन्सी हरूले मनलाग्दी गर्ने गरेका छन् ।
बिद्यार्थीहरुलाई भ्रममा पार्दै वैदेशिक शिक्षाका नाममा मनलाग्दी चर्को असुली धन्दा चलाइरहेका छन् । एउटै कन्सल्टेन्सीहरूले १ दर्जनभन्दा बढी देशका कक्षा सञ्चालन गर्दै विभिन्न रोजगारीका अवसर समेत दिने प्रलोभनमा पारी बिद्यार्थीहरुलाई तानिरहेका छन् । कतिपय यस्ता कन्सल्टेन्सीहरु सम्बन्धीत मन्त्रालयमा दर्ता नै नगरी खुलेआम ठगी धन्दामा लागिरहेका छन् भने कतिपय कन्सल्टेन्सीहरु १ पटक दर्ता गरेपछि सधैँ भरिलाई पुग्ने जसरी नविकरण र अन्य कुनै पनि प्रक्रियामा नगई व्यवसायमात्र सञ्चालन गरेर बसिरहेका छन् । यसले गर्दा सोझा साझा अभिभावक र भ्रामक प्रचारको पछी लाग्ने विद्यार्थी हरुलाई यस्ता कन्सल्टेन्सी हरूले आफ्नो शिकार बनाइरहेका छन् ।
कतिपय कन्सल्टेन्सीले त् नाम एउटाको अनुमति पत्र अर्कै राखेर गैर कानुनि धन्दा चलाइरहेका छन् ।
एउटाको नाममा दर्ता अनुमति लिएर बाहिर होडिङ बोर्ड देखि सबै काम भने काठमाडौंका चलेका कन्सल्टेन्सीहरु र विदेशबाट फेन्चाइज ल्याएको भन्दै चलेका ब्राण्डका नाममा प्रचार गरी विद्यार्थी हरुलाइ दिग्भ्रमित पार्ने कन्सल्टेन्सीहरु पनि हेटौंडामा छ्यापछ्याप्ती छन् ।
त्यसैमध्ये एउटा कन्सल्टेन्सी हो ‘ई स्पट’ । यो नाम गरेको कन्सल्टेन्सीलाई हामीले हेटौंडाको स्कूल रोड स्थित भुटनदेवी विद्यालयको उत्तरी गेटको ठ्याक्कै अगाडि पट्टिको रहेको भवनमा देख्न सक्छौं । विगत केही वर्षदेखि ई स्पोर्टको नाम राखेर यो कन्सल्टेन्सी सञ्चालित छ ।
हामीले यसअघि पनि यस विषयमा समाचार बनाइसकेपछि विना दर्ता सञ्चालनमा रहेको ई स्पटले अहिले भने अफिसमा सामाजिक विकास मन्त्रालयले दिएको एउटा अनुमतिपत्र झुन्डाएर बसेको छ तर उक्त अनुमतिपत्र ई स्पटको नाम मा भने छैन ।
विद्यार्थीका लागि र आम नागरिकले देख्ने गरी ई स्पोर्ट कन्सल्टेन्सी राखेपनि अर्कै नामको अनुमति पत्र कार्यालयमा झुन्डाएर विद्यार्थी तथा अभिभावकलाई भने ई स्पट कन्सल्टेन्सीको नाममा चर्को अशुली धन्दा चलाइरहेको छ ।
यसरी गैरकानुनी ढंगबाट चलेको कन्सल्टेन्सीलाई आजसम्म न मन्त्रालयले देखेको छ, न जिल्ला प्रशासन कार्यालयले नै । हुन त सामाजिक विकास मन्त्रालयले अनुमति दिनुपूर्व अनुगमनमा आउछ ।
अनुगमनका क्रममा अनुमतिपत्र एउटाको नाममा र कार्यालय अर्कै भएपछि उसले अनुमतिपत्र नदिनु पर्ने हो तर बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले अनुमति दिनेबेला आँखा निम्लिएको स्पस्ट देखिएको छ ।
सामाजिक विकास मन्त्रालयले दिएको अर्कैको नामको अनुपतिपत्र झुन्डाएर ई स्पोट कन्सल्टेन्सीले खुलेयाम गैरकानुनी धन्दा चलाइरहेको छ ।
विभिन्न वैदेशिक भाषा शिक्षा, तयारी कक्ष, परामर्शलगायतका काम गर्ने यस सस्थाले विद्यार्थी हरुलाई भ्रममा पारी चर्को असुली गरिरहेको छ । त्यति मात्र होइन
यस कन्सल्टेन्सीले विद्यार्थीको पासपोर्टसमेत आफैले राखी सम्पूर्ण वैदेशिक यात्राका कामहरु आफैंले फत्ते गरिदिने भन्दै मेनपावरको काम समेत गर्ने गरेको छ । आफ्नै कार्यालयमा अर्कै संस्थाको अनुमतिपत्र झुन्डाएर गैरकानुनी काम गरिरहेको ई स्पटले विद्यार्थीलाई भने भाषा सिकाउने देखि विदेश सम्मको यात्रा तय गराउने भनि असुली धन्दा चलाईरहदा यहाँका नियामक निकाय मौन छन् ।
प्रकाशित मिति : बिहिबार, २०८२ मंसिर २५, १८ :१० बजे






















प्रतिक्रिया