Techie IT
Hetauda Khabar

हेटौंडा सडक विस्तारमा अवरोध नगर्न प्रशासनको सूचना, कानून विपरित गरे कडा कारबाहीको चेतावनी


मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हेटौंडा बजारको सडक विस्तार कार्यमा अवरोध पुर्‍याउन खोज्ने गरी भइरहेको प्रदर्शनलाई लिएर चेतावनी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले बुधबार सूचना जारी गर्दै सडक विस्तारविरुद्ध जबरजस्ती आन्दोलनमा सहभागी गराउन खोज्ने कार्य भइरहेको बताउँदै कडा कारबाहीको चेतावनी दिएको हो ।

सीडीओ बसन्त अधिकारीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, ‘सडक डिभिजन कार्यालयको अभियानमा कानुनविपरीत कार्य नगर्न, नगराउन पुनः अनुरोध गरिन्छ ।’

कानुन बर्खिलाप हुने गरी कोही कसैले त्यस किमिसका गतिविधि गरे कडा कारबाही हुने चेतावनी अधिकारीले दिएका छन् ।

हेटौंडाको राष्ट्रिय राजमार्गमा पर्ने घरधनी र व्यवसायीहरू सडक विस्तारको विपक्षमा आन्दोलनमा उत्रिएका छन् ।

घरधनीहरूले जबरजस्ती व्यवसाय बन्द गराउँदै व्यवसायीहरूलाई आन्दोलनमा सहभागी हुन धम्की दिएको भिडियो सार्वजनिक भएपछि प्रशासनले सूचना मार्फत कारबाही गर्ने बताएको हो ।

सडक विस्तार अभियानमा सबै हेटौंडावासीको सहयोग भइरहेको जानकारी रहेको उल्लेख गर्दै प्रशासनले व्यवसायीहरूले २० मंसिर अगावै आफ्ना पसलहरू अन्यत्र सार्ने, भएका सामग्रीलाई सेललगायतका अफरबाट बेच्ने तथा सडक विस्तार कार्यमा सहयोग गरिरहेको जनाइएको छ ।


क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट