Techie IT
  • २८ माघ २०८२, बुधबार
Hetauda Khabar
  • २८ माघ २०८२, बुधबार

साझ परेपछी हेटौंडा बजारको अवस्था खुकुलो, निस्किन थाले सर्वसाधारण


नेपाली सेनाको निषेधाज्ञासँगै निकै कडा पारिएको हेटौंडा बजारको अवस्था अहिलेकै खुकुलो बनेको छ।

ADVERTISEMENT

दिनभर शान्त रहेको हेटौडा साँझ परेपछि सर्वसाधारणहरू बाहिर निस्किन थालेका छन्। हिजो रातिबाटै सडकमा नेपाली सेना परिचालित थियो ।

ADVERTISEMENT

नेपाली सेना परिचालन भएपछि हेटौंडा बजारमा सर्वसाधारणहरु निस्केका थिएनन् । कोही बाटोमा निस्के पनि सेनाले नियन्त्रणमा लिएर निकै कडाईका साथ चेकजाँच गरी फर्काउने गरेको थियो। साँझ परेपछि सेनाले केही खुकुलो गरेको छ । यही अवसरमा सर्वसाधारणहरु घर बाहिर निस्केका छन् भने सडकमा डुल्न थालेका छन् ।

त्यस्तै हिजोदेखि हेटौंडामा रोकिएर अलपत्र परेका भारतीय नागरिकहरूलाई हेटौंडाबाट पठाइएको छ। विभिन्न ठाउँबाट आएर हेटौंडामा अड्किएका भारतीय नागरिकहरू लाई मकवानपुरबाट पठाइएको हो।

ADVERTISEMENT

हेटौंडामा करिब २०० बढी भारतीय नागरिकहरू अलपत्र अवस्थामा रहेका थिए।


प्रकाशित मिति : बुधबार, २०८२ भदौ २५, १९ :०४ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट