रातको समयमा हेटौंडा असुरक्षित, नेपाली सेनासहितको टोलीले सुरक्षा दिन अपिल

हेटौंडा असुरक्षित बनेको छ ।
दिनभर जेन जीको प्रदर्शन भएपनि रातिको समयमा उक्त समूह देखिएको छैन तर अन्य समूहले अराजकता फैलाउदै हिडेको पाइएको छ ।
अहिले हेटौंडाका टोलटोलमा गुन्डागर्दी शैलीमा विभिन्न समूह हिडिरहेको भन्दै नागरिकले असुरक्षित महसुस गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा अहिले पनि केहि समुह नेता, जनप्रतिनिधि, वडाअध्यक्ष, कर्मचारी लगायतको घर खोज्दै हिडिरहेका छन् । जसले गर्दा स्थानीय त्रसित बनेका छन् ।
स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश समेत पालना भएको पाइएको छैन ।
हेटौंडाका नागरिकले असुरक्षित महसुस गर्दै प्रहरी र नेपाली सेनालाई सुरक्षा दिन अपिल गरिरहेका छन् ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया