हेटौंडामा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी
हेटौंडामा कर्फ्यु आदेश जारी भएको छ । हेटौंडाबजारको ४ किल्ला तोकेर दिउसो १ बजेदेखि राती १२ बजेसम्म प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो।
पूर्वमा सानोपोखरा पुलसम्म, पश्चिममा राति पुलसम्म, उत्तरमा चौकीटोल स्थित अस्थायी प्रहरी पोष्ट सम्म र दक्षिणमा वन विज्ञान अध्ययन संस्थानको गेटसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।
प्रकाशित मिति : मङ्लबार, २०८२ भदौ २४, १२ :२७ बजे





















प्रतिक्रिया