हेटौंडा उपमहानगरपालिकाको कार्यालय तोडफोड, कांग्रेस पार्टी कार्यालयमा आगजनी

प्रदर्शनकारीले हेटौंडा उपमहानगरपालिकाको कार्यालय तोडफोड गरेका छन् । भर्खरै उपमहानगरपालिकाको कार्यालयमा ढुंगा हानेका छन् ।
प्रदर्शनकारी हेटौंडाका विभिन्न पार्टी कार्यालय तर्फ मोडिएका छन् ।
त्यस्तै प्रदर्शनकारीले कांग्रेस पार्टी कार्यालय तोडफोड गरेका छन् । प्रहरीको घेरा तोडेर कार्यालय प्रवेश गरेका प्रदर्शनकारीले कांग्रेसको झण्डा निकालेर फालेका छन् भने कार्यालय तोडफोड गरेका छन् । उनीहरुले कार्यालय परिसरमा आगजनी समेत गरेका छन् ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया