एकोहोरो शंख बजाएर हेटौंडामा प्रदर्शनको सुरुआत, आन्दोलनमा उत्रिन आव्हान

एकोहोरो शंख बजाएर हेटौंडामा बिहानैबाट प्रदर्शन सुरु भएको छ ।
आ-आफ्नै ठाउँबाट स्वस्फुर्त ढंगले विरोध प्रदर्शनमा सहभागी हुन् युवाहरुले आव्हान गरेका छन् ।
जेनजीको हिजो भएको आन्दोलनमा सरकारले गरेको दमन र भ्रस्टाचारमा लिप्त भएको सरकारविरुद्ध आन्दोलन नरोक्ने युवाहरुले बताएका छन् ।
देशका विभिन्न स्थानमा प्रदर्शन सुरु भैसकेको छ । हेटौंडामा पनि विभिन्न चोकमा युवाहरु भेला हुन थालेका छन् ।
क्याटेगोरी : मुख्य खबर, समाचार, स्थानिय
प्रतिक्रिया