जेन जीको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ८ पुग्यो
काठमाडौंमा भएको जेन जीको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ भने सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
जेन जीले नयाँ बानेश्वरस्थित संसद भवनबाहिर प्रदर्शन गरिरहेका छन् भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले निरन्तर अश्रुग्यास प्रहारका साथै गोली समेत चलाइरहेको छ ।
प्रकाशित मिति : सोमवार, २०८२ भदौ २३, १५ :१८ बजे






















प्रतिक्रिया