Techie IT
  • १४ चैत्र २०८२, शनिबार
Hetauda Khabar
  • १४ चैत्र २०८२, शनिबार

मुख्यमन्त्री बानियाँले क-कसलाई दिंदै छन् कुन-कुन मन्त्रालय ?


बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन्। उनले आफु निकट मानिएका ५ जनालाई आजै नियुक्त गरी सपथ खुवाउने तयारी गरेका छन्

ADVERTISEMENT

मन्त्री बन्नेहरुमा कांग्रेसका तर्फबाट बिन्दु रायमाझी, कन्चनचन्द्र बादे, शुरेस श्रेष्ठ, उर्मिला केसि नेपाल र प्रभात तामाङ रहेको स्रोतले बनाएको छ । यी सबै बानियाँ समुहका सांसद हुन् ।

ADVERTISEMENT

यी पाँच जनामा प्रभात तामाङ आर्थिक मामिला मन्त्रालय, शिबराज अधिकारी आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कन्चनचन्द्र बादे सामाजिक बिकास मन्त्रालय, उर्मिला केसि नेपाल युवा तथा खेलकुद मन्त्रालय, बिन्दु रायमाझी पौडेललाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मा दिने तयारी छ भने,  शुरेश श्रेष्ठलाई सस्कृती तथा पर्यटन मन्तालयको जिम्मेवारी दिने तयारी भएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा पत्नी आरजु राणाको सिफारिसमा बिन्दु रायमाझी, प्रकाशमान सिंहको सिफारिसमा कन्चनचन्द्र बादे, प्रकाशशरण महतको सिफारिसमा उर्मिला केसि नेपाल, गगन थापाको सिफारिसमा शुरेश श्रेष्ठ र बानियाँकै कोटाबाट प्रभात तामाङलाई मन्त्री बनाउने तयारी छ ।

ADVERTISEMENT

प्रकाशित मिति : शुक्रबार, २०८२ साउन ३०, १४ :१८ बजे

लेखकको बारेमा

हेटौडा खबर

हेटौडा खबर


प्रतिक्रिया


ताजा अपडेट