मुख्यमन्त्री बानियाँले तयार पारे ५ मन्त्रीको लिस्ट, आजै नियुक्ति दिएर सपथ खुवाउने तयारी
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन्।
उनले कांग्रेसको तर्फबाट पाँच जना मन्त्री नियुक्ति गर्ने अन्तिम तयारी गरेको विशेष स्रोतले बताएको छ। आज नियुक्ति गरी आजै शपथ ग्रहण गराउने तयारी मुख्यमन्त्रीको रहेको छ । मन्त्री बन्नेहरुमा कांग्रेसका तर्फबाट बिन्दु रायमाझी, कन्चनचन्द्र बादे, शुरेस श्रेष्ठ, उर्मिला केसि नेपाल र प्रभात तामाङ रहेको स्रोतले बनाएको छ । यी सबै बानियाँ समुहका सांसद हुन् ।
नेपाली कांग्रेस सभापति शेर बहादुर देउवा पत्नी आरजु राणाको सिफारिसमा बिन्दु रायमाझी, प्रकाशमान सिंहको सिफारिसमा कन्चनचन्द्र बादे, प्रकाशशरण महतको सिफारिसमा उर्मिला केसि नेपाल, गगन थापाको सिफारिसमा शुरेश श्रेष्ठ र बानियाँकै कोटाबाट प्रभात तामाङलाई मन्त्री बनाउने तयारी भएको उच्च स्रोतले बताएको छ ।
उता निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा भने हेरेको हेर्यै भएका छन्।
बहादुर पक्षका प्रदेशसभा सदस्य मन्त्री बन्ने लिस्टमा छैनन् । आफ्नो पक्षका सांसदहरूलाई मन्त्री नबनाएसम्म विश्वासको मत नदिने भन्दै अन्तिम समयसम्म बहादुरले बार्गेनिङ गरेर बसेका थिए। अन्तत केन्द्रीय सभापति लगायतले कारबाहीको चेतावनी दिएपछि उनी पक्षका सांसदहरूले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका थिए। तर अहिले मुख्यमन्त्री बानियाँ निकटका सांसदहरुलाई मात्र मन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। बहादुर पक्ष भने हेरेको हेर्यै भएको छ।
प्रकाशित मिति : शुक्रबार, २०८२ साउन ३०, १२ :४५ बजे






















प्रतिक्रिया